२३ असार २०७९, बिहिबार

अमेजनले २२ करोडमा किन्यो अल्लू अर्जूनको ‘पुष्पा’

लेखाजोखा न्यूज

२२ पौस २०७८, बिहिबार १:२२

एजेन्सी । दक्षिण भारतीय स्टार अल्लू अर्जून र अभिनेत्री रश्मिका मन्दानाको अभिनय रहेको फिल्म ‘पुष्पा’लाई ओटीटी प्लेटफर्म अमेजन प्राइम भिडियोले २२ करोड रुपैंयाँमा किनेको छ । सुकुमार निर्देशित फिल्म चाँडै नै ओटीटीमा रिलिज हुने तयारीमा छ ।

फिल्म वृत्तमा यो रकमलाई निकै महंगो भनिएको छ । फिल्मले बक्सअफिसमा गरेको सफल कारोबारलाई मध्यनजर गर्दै निर्माताले यति ठूलो रकममा फिल्म बेचेका हुन् ।

फिल्मले अहिले पनि बक्सअफिसमा दमदार कमाई गरिरहेको छ । फिल्मले हिन्दी संस्करणमा ६० करोड बढी कमाई गरिसकेको छ । फिल्मले स्वदेश तथा विदेशमा गरी ३ सय करोड बढी कमाई गरिसकेको छ । फिल्ममा अल्लू निकै रस्टिक लुक्समा देखिएका छन् ।

फिल्मको कथा चन्दनको काठ तस्करीको कथामा आधारित छ ।

© 2022 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend