३ माघ २०७८, सोमबार

डा.आर.सी लामीछानेको ‘हामी सबैले सक्दछौ’ बोलको गीत सार्वजनिक

लेखाजोखा न्यूज

१८ पौस २०७८, आइतबार ४:५७

काठमाडौं । प्रशंसनीय खोज दृष्टिकोण तथा सकारात्मक सोचका अभियान्ता तथा ग्रामिण विकास विज्ञ डा.राम चन्द्र लामिछानेको हामी सबैले सक्दछौ बोलको गित सार्वजानिक भएको छ ।

बिगत १७ वर्ष देखि समाजको सकारात्मक रुपान्तरणको लागि योगदान दिदैँ आएका डा.लामिछानेले वालकदेखि वृद्धसम्मलाई सकारात्मक सोचको विकास गरेर सफल जीवन निर्माण गर्न सकिन्छ भन्ने सन्देश दिने गीत तयार गरेका छन ।

व्यक्तिमा अन्तरनीहीत क्षमतालाई सकारात्मक सोचको माध्यामाट प्रष्फुटन गराएर चाहे जस्तो जीवन निर्माण गर्न सकिन्छ भन्ने सन्देश गीले बोकेको छ । प्रवचन, तालिम, गोष्ठि मार्फत सकारात्मक उत्प्रेरणा जगाउदै हिड्ने डा. लामिछानेले संगित मार्फत पनि सकारात्मक उत्प्रेरणा जगाउन सकिन्छ भन्ने विश्वास लागेर गित रचेको जानाकारी गराए ।

यो उनको प्रथम प्रयास हो । सवैवाट हौसला पाएमा र यस गीतले सार्थक परिणाम ल्याएमा अन्य थप रचना पनि अगाडी ल्याउने योजना रहेको बताएका छन ।

नयाँ वर्ष २०२२ को पूर्व सन्ध्यामा मैले सक्छु, तिमीले सक्छौ, हामी सबैले सक्छौ वोलको गीत सार्वजानिक गर्दै यो वर्षले सबैमा सकारात्मक उर्जा प्रवाह गरोस भन्ने शुभकामना समेत व्यक्त गरेका छन। डा.लामिछानेको गीतमा संगित नरहरी प्रेमीको रहेको छ भने स्वर नरहरी प्रेमी र काव्या आचार्यको रहेको छ। यस गीतलाइ लक्षु प्रकास मल्लले संगित संयोजन गरेका छन।

गीतले सबैलाइ सफल वन्न स्वयम् जिम्मेवार हुन पर्दछ भन्ने सन्देश पनि दिएको छ । उत्प्रेरणामुलक कार्यक्रमहरु सञ्चालन गदै गर्दा सहभागीहरुवाट प्राप्त प्रेरणा तथा हौसला, उत्प्रेरणा र मायाकी खानी स्वर्गिय आमाको यादले गीत लेख्न अभिप्रेरित गरेको कारण यो गीत तयार भएको जानाकारी डा.लामिछानेले दिएका छन ।

उनका अनुसार सबै व्यक्तिमा अथाहा क्षमताको भण्डार छ र सकारात्मक सोचले त्यो भण्डारलाई प्रष्फुटन गराएर सफल जीवन वनाउन सकिन्छ र उनको गीतमा पनि यो सन्दे पाउन सकिन्छ । डा.लामिछानेको गीत तजभ भ्चष्उक नामक युटुव च्यानल मार्फत सार्वजानिक भएको छ ।

© 2022 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend