गीतकार प्रकाश सुवेदीले ल्याए पनौती नगरपालिकाको नगरगान

लेखाजोखा न्युज
२५ आश्विन २०७७, आईतवार १६:४०

काठमाडौं । गीतकार प्रकाश सुवेदीले पनौती नगरपालिकाका लागि नगरगान ल्याएका छन् ।

‘पनौती’ नगरपालिकाको विविधतातलाई समेटेर गीतकार सुवेदीले आफ्नै गहन अध्ययन, अनुसन्धान र परिकल्पनामा नगरगान तयार पारेका हुन् ।

जसमा वरिष्ठ संगितकार सुरेश अधिकारीको संगीत, महाराज थापाको संगीत संयोजन र सीडी विजय अधिकारी तथा मिलन नेवारको स्वर रहेको छ ।

वरिष्ठ कलाकार हरिवंश आचार्यसहित श्वेता खड्का, नम्रता सापकोटा, रविन्द्र खड्का, मुकुन्द थापा, नारायण प्रधान, रामेश्वर जंग केसी, लक्ष्मण माटन्छीलगायतका कलाकारहरु अभिनित भिडियोमा अजय रेग्मीको छायांकन, निशाान घिमिरेको सम्पादन, महेन्द्र सुवेदीको भाषानुवाद रहेको छ ।

रमेश बाबा नेपालको निर्देशन रहेको गीतको भिडियोलाई सभ्य सिर्जना प्रालिले प्रस्तुती व्यवस्थापन गरेको छ ।