३ माघ २०७८, सोमबार

“म” लाई चिनौं

लेखाजोखा न्यूज

१४ पौस २०७८, बुधबार ५:०५
किरण गिरी
१
ब्रह्म तत्व "म" लाई चिनौं आफै सार्बभौम र सफल छ, जिन्दगी ।  
हरेक स्वास, प्रस्वासमा ब्रह्म तत्व "म" लाई चिनौं ।
म भित्र को "म" लाई खोजौं ।
आफै सफल छ जिन्दगी ।
म भित्र कै संसार रोजौं ।
आफै सार्थक छ जिन्दगी ।
जति सुख खोजौ, आफैमा खोजौ ।
आफू संग जे छ त्यसैमा रमाऔ ।
मस्ती भरे जिन्दगीमा,
जीवन जिउने कला आफै भित्र छ । 
२
जिबनलाई स्वर्ग बनाउने कि ? नर्क बनाउने ?
त्यो पनि आफैमा निर्भर छ ।
धन सम्पत्ति भन्दा ठूलो खुसी ,
आनन्द र सन्तुष्टिमा छ ।
"म" भित्र नै छ त्यो आनन्द र सन्तुष्टी ।
आफू संग जे छ त्यसैमा रमाऔं । 
"म" भित्र कै श्वास, प्रस्वासको खेल हो 
जिन्दगी कहिले र कहाँनेर सकिन्छ ? 
कस्ले जानेको छ र ?
३ 
हामी जिउदै जिउदो छौ आभास गरौं ।
ब्रम्ह तत्वा "म" लाई बुझौं,
आफै सार्बभौम र सफल छ जिन्दगी ।
प्रत्येक पल पल उल्लासमय बनाऔं ।
प्रत्येक सेकेन्ड सेकेन्डमा रमौं र रमाऔं ।
जीवन जिउने कला आफैमा खोजौ ।
नि:शुल्क प्राप्त हुने खुसी र आनन्द,
आफैभित्र रोजौं ।
सुख र आनन्द बाहिर होइन,
अन्तर आत्मामा "म" मा नै खोजौं ।
४ 
एक पटक प्राप्त जिन्दगीमा,
खुलेर हासौं खुलेर बाचौं ।
यहि नै हो सफल जिन्दगी ।
यही हो सार्थक जिन्दगी ।
आफू भित्रको "म" लाई खुसी राखे ,
संसार जित्ने छ, जिन्दगी ।
५
म भित्र को "म" लाई बुझ्दा,
बुध्द बन्यो जिन्दगी ।
म भित्र कै "म" लाई जान्दा,
राम बन्यो जिन्दगी ।
म भित्र को "म" लाई चिन्दा,
भगवान बन्छ जिन्दगी ।
६
सदा सकारात्मक "म" अनी
रचनात्मक बनाउदै "म" लाई ।
आफै सार्बभौम "म" ब्रह्म हो जिन्दगी ।
यही "म" नै ब्रह्म, पुर्ण ब्रह्म हुदै 
परम ब्रह्म हो जिन्दगी ।

नागार्जुन हिमपातको चिसोबाट  
लेखक - नेपाली कांग्रेसका निबर्तमान केन्द्रीय सदस्य एबं महासमिति सदस्य हुन ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2022 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend