२३ असार २०७९, बिहिबार

दीज जोशीको संगीत रहेको ‘फिजाई पङ्ख’ बोलको गीत सार्वजनिक

लेखाजोखा न्यूज

१४ पौस २०७८, बुधबार २:३६

काठमाडौं । गायिका समीक्षा दाहालको स्वरमा रहेको ‘फिजाई पङ्ख’ बोलको गीत सार्वजनिक भएको छ। मंगलबार डीआर जोशी नामक युट्युब च्यानलमार्फत् उक्त गीत सार्वजनिक गरिएको हो।

गीतमा दीज जोशीको संगीत रहेको छ भने डीआर जोशी र ज्योति पाण्डेले भिडियो निर्माण गरेका हुन ।

गीतमा कविता नेपाली र मनोज ओलीले अभिनय गरेका छन। बुद्ध थापाले छायांकन गरेको भिडियोको सम्पादन विकास दाहालले गरेका छन।

त्यस्तै गीतमा मिक्स मास्टरिङ दिनेश श्रेष्ठको रहेको छ । गीतमा कोरियोग्राफी र निर्देशन केशबराज भट्टले गरेका छन।

‘फिजाई पङ्ख’लाई पनि दर्शक र श्रोताले माया गरिदिने कुरामा ढुक्क रहेको निर्माण पक्षले जनाएको छ ।

 

 

 

© 2022 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend