आईपीएलमा कोलकाताको चौथौं जित, पञ्जाबलाई दुई रनले पराजित

लेखाजोखा न्युज
२४ आश्विन २०७७, शनिबार २०:४२

काठमाडौं । युएईमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा कोलकत्ता नाइट राइडर्सले चौंथो जित हात पारेको छ । आबुधाबीमा शनिबार भएको खेलमा किङ्स इलाभेन पञ्जाबलाई दुई रनले पराजित गर्दै कोलकत्ताले चौंथो जित हात पारेको हो ।

कोलकत्ताले दिएको एक सय ६५ रनको लक्ष्य पछ्याएको पञ्जाबले २० ओभरमा पाँच विकेट गुमाएर एक सय ६२ रन मात्र बनाउन सक्यो । पञ्जाबका कप्तान केएल राहुल र मायांक अग्रवालले अर्धशतकीय पारी खेले पनि टोलीलाई जित दिलाउन सकेनन् ।

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको कोलकत्ताले २० ओभरमा छ विकेट गुमाएर एक सय ६४ रन बनाएको थियो । कोलकत्ताका लागि कप्तान दिनेश कार्तिक र सुबमन गिलले अर्धशतकीय इनिङ्स खेले ।