उत्साह ,एकता र रुपान्तरण १ मुल नाराका साथ नेपालि काँग्रेस पार्टीको १४औं महाधिवेशन यहि मंसिर २४ गतेबाट काठमाडौंमा जारी छ। १४ औं महाधिवेशनमा शेर बहादुर देउवाको नेतृत्व ! केन्द्रिय कार्य समितिमा नयाँ र युवा पुस्ताको वर्चस्य !! भन्ने उद्घोषका साथ वर्तमान पार्टी सभापति शेर बहादुर देउवा फेरी एक चोटीको लागि नेपाली काँग्रेसको नेतृत्व लिन तयार हुनु भएको छ । सबै भन्दा पुरानो देशको लोकतान्त्रिक पार्टी र सबै भन्दा बढी क्रियाशिल सदस्य भएको पार्टीको अधिवेशनलाई सबैले चासो र जिज्ञासाको रुपमा सबैले हेरिरहेका छन । पार्टी भित्र विचारधारा हिसाबले भन्दा पनि पृक्षक तरिकाको पार्टीमा दुई समुह देखिएका छन् । पहिलो समुह पार्टीमा योगदान त्याग ,संघर्षको आधार खडा गरेर बनेको समुह जस्को नेतृत्व शेर बहादुर देउवा ज्यूले गर्नु भएको छ। अर्को समुह भनेको पार्टीमा आफ्नो योगदान भन्दा पनि परिवारीक लीगेशी र विरासतको आधारमा उभिएको नेतृत्व यसको नेतृत्व प्रकाशमान सिंह ,शेखर कोइराला,शसाङ्क कोइरालाले गरि रहनु भएको छ ।
ने.का.को १४ औ महाधिवेशनमा ने.का.पार्टीको सभापतिमा शेर बहादुर देउवालाइ विजय गराउनुका मुख्य १४ वटा कारण छन ।
१) वर्तमान नेपाली राजनितिका मियो ः– मुलुक अहिले राजनितिक रुपले ठिक बाटोमा हिड्न सकेको छैन । आर्थिक पक्ष जरजर छ । सामाजिक सद्भाव खलबलिएको छ । भ्रष्टाचार संस्थागत भएको छ । प्रशासनीक तौर तरिका पुरानै ढर्राको छ । विकासको ढाँचामा परिर्वतन ल्याउन सकेको छैन । कुटनितिक रुपमा मुलुक असफल भएको छ । त्यसैमा कोरना ,भुकम्प र बाढी पहिरोले जनता पिडित छन् । स्वास्थ्य र शिक्षामा राज्यले खासै ध्यान दिन सकेको छैन । लोकतन्त्र संस्थागत हुन सकेको छैन र संविधानको पूर्ण कार्यान्वयन गर्नु नै छ । यि जटिल परिस्थीतीसँग सामना गरि मुलुकलाई समुन्नत बनाउनु सवल , सक्षम र अनुभवि नेता शेर बहादुर देउवालाई वर्तमान परिस्थितिले जिम्मेवारी दिन खोजेको छ । त्यसैले आवश्यकता अनुभव र परिपक्वता ! काँग्रेस सभापतिमा एक पटक देउवा !! भन्ने आवाज पार्टी भित्र जर्वरजस्त रुपमा उठेको छ ।
२) अर्थनिति र परराष्ट्र नितिका कुसल नेता ः– मूल्य अभिवृद्धि कर ९खबत०लागु गरि राष्ट्रिय पूँजीको निर्माण गर्ने अभियानको सुरुवात गर्नु भयो । राष्ट्रिय गौरवका योजनाहरु छनौट गरी राष्ट्रिय लगानी शुरु गर्ने कार्यक्रमको शुरुवात गरे । बुद्ध जन्मभूमि लुम्बिनीलाई संयूक्त राष्ट्र संघको ग्ल्भ्क्ऋइ मार्फत तिलौराकोट लुम्बिनी नेपालमा नै भएको पुष्टि गराए । भारतले लिम्पियाधुरा ,लिपुलेकमा नेपाली भूमिमा अतिक्रमण गरि बनाइ रहेको सडकको विरोधमा भारतीय प्रधानमन्त्रि मोदीलाई सिधै टेलिफोन गरि राष्ट्रय अडान प्रस्तुतगनु भयो ।
३) कार्यकर्ता र नागरिकको समस्या बुझ्ने उदार वादी असल नेता ः– पार्टी भित्र तल्लो स्थरबाट उठेको व्यक्ति भएको हुनाले कार्यकर्ता र जनताका स–साना समस्यासँग चिरपरिचित हुनु हुन्छ । त्यसैले सबै व्यक्तिको सम्मान र सबैसँग समभाव राख्न सक्ने , उदार , सहयोगी र मिलन सार जस्ता मानविय असल गुण उहाँमा देखिन्छ । सबैलाई एकता गरि मिलाएर अगाडि बढ्न सक्ने क्षमता विगतका घटनाले प्रमाणित गरेको पाइन्छ ।
४) राष्ट्रियता र लोकतन्त्र प्रति प्रतिवद्ध समाजवादि नेता ः– शेर बहादुर देउवा कुनै विरासत होइन, विचार र सङ्घर्षबाट स्थापित हुन भएको नेता हुनुहुन्छ पटक पटक गरि लोकतन्त्रको लागि दश वर्ष कठोर जेल जीवन विताउनु भएको छ । देउवाले लोकतन्त्रका लागि गरेको संघर्षको कारणले नेपाली काँग्रेसका इमान्दार नेता ,कार्यकर्ताको साथ र सहयोग पाउनु भएको छ ।
५) विकासवादी नेता ः– वि.स. २०५२ सालमा पहिलो चोटी प्रधानमन्त्रि भएको बेला जल स्रोतको विकाससँग नेपालको विकास जोडिएको छ भन्ने आवाज उठाउने पहिलो नेता उहाँ पर्नु हुन्छ । सुदुरपश्चिमलाई जोड्ने २२ वटा पुल निर्माण गरि वि.स.२०४६ भन्दा अगाडि छुट्टिएको सुदुरपश्चिमलाई काठमाण्डौसँग जोड्ने काम गरे । आफु प्रधानमन्त्रि भएको बेला प्रधामन्त्रि कार्यालय मार्फत प्रशासनिक संरचना सुधार कार्यक्रम लागु गर्नु भयो । अख्तियार दुरपयोग अनुसन्धान आयोगलाई कानुन निर्माण गरि शक्तिशालि बनाएर भ्रष्टाचार विरुद्ध लाग्नु भयो । त्यसैले समुन्नत नेपाल र सम्पन्न नेपाली बनाउने अभिभारा शेर बहादुर देउवा ज्यूको काँधमा आएको छ ।
६) अग्रज नेताले रुचाएका नेता ः– वी.पी.कोइरालाले विश्वास गरेको अनुयाई ,गणेशमान सिंहको पार्टी भित्रको आन्तरिक लडाईमा साथ दिईएको, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइरालाले जिम्मेवारी दिएको , नेपालिका काँग्रेसका नेताले विश्वास गरेको व्यक्ति हुनु हुन्छ । गणेश मानको त्याग , गिरिजा प्रसादको शाहस , कीसुन जीको निष्ठा ! देउवाले जोगाउछन । काँग्रेसको प्रतिष्ठा भन्ने नारा लिएर नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताहरु शेर बहादुर देउवाको पक्षमा उभिएका छन ।
७ं) राष्ट्रिय अन्तरराष्ट्रि जगतमै श्रद्धापूर्वक नाम लिने नेता ः– सन् २००८ देखि २०१२ सम्म सोसलिष्ट इन्टरनेसलका उपाध्यक्ष रहनु भएका देउवा सन् २०१३ देखि उक्त संगठनको अन्तरराष्ट्रिय उपाध्यक्ष हुनु हुन्छ। हालै भएको (सन्२०२१) जलवायू परिर्वतन सम्बन्धि विश्व सम्मेलन (कोप २६) मा सहभागि हुन बेलायतको ग्लस्गो पुगेका प्रधानमन्त्रि शेर बहादुर देउवाले आफ्नो उपस्थिति विश्वका शक्ति राष्ट्रका नेता सामु उच्च सम्मानका साथ उभिनु भयो। भारतीय प्रधानमन्त्रि नरेन्द्र मोदी ,अमेरिकी राष्ट्रपति वाइडेन तथा बेलायति प्रधानमन्त्रि बोरिस जोनसन सँग समान हैसियत प्रस्तुत भई आफ्ना धारणा राख्नु भयो। प्रधानमन्त्रि देउवाले भारत ,चीन, भुटान, माल्दिभ्स, श्रीलंका, थाइल्यान्ड, जापाना, कतार, दक्षिण कोरिया, बेलायत ,बेल्जियम, जर्मनी, नर्वे, फान्स, स्वीजरल्यान्ड ,ग्रिस बेल्जियम,संयूक्तराज्य अमेरिका ,कोलम्बिया,डेनमार्क,अष्ट्रेलिया लगाएत देशको भ्रमण गरि विश्व जगतमा आफ्नो छुट्टै पहिचान बनाउनु भएको छ।
८) समावेशी लोकतन्त्रको अवधारणाका सुत्रपात ः– पार्टी भित्र र राज्यका हरेक संरचनामा समावेशी समानुपातिक अवाज उठाउने र कमजोर समुदायको प्रतिनिधित्व सुनिश्चित गराउने कामको अगुवाई गर्नु भयो । ने.का. पार्टीमा महिलाको ,मधेशीको ,दलित ,कर्णाली र जनजातिको (कदमजम) सबैको सामानुपातिक आधारमा सहभागि गराउनु भयो । नेपाली काँग्रेस पार्टीमा दलित , महिला , जनजाति , मधेशी , खसआर्य , थारु,मुस्लिम , पिछडिएको क्षेत्र एवं अपाङ्क भएका व्यक्तिलाई सहमहामन्त्रि पदमा विधानमै सुनिश्चिता गराउनु भयो (वि.स.२०७५) ।
९) पार्टीमा समय सापेक्ष रुपान्तरण ः– राजनिति परिर्वतन पछि पनि नेपाली काँग्रेस संगठनलाई समय सापेक्ष वैचारिक, सांगठनिक र कार्य क्षमताका हिसाबले मजुवुत, बलियो र शसक्त ढगंले अगाडि बढाउनु पर्छ भन्ने अभियानमा शेर बहादुर देउवा लागि पर्नुे भएको छ। विचार र भाषण मात्र होइन व्यवहार र परिणाम मुखिकार्यमा लाग्नु पर्दछ भन्ने भावना बोकेको नेताको रुपमा परिचित हुनु हुन्छ। पार्टीका क्रियाशिल सदस्य १००% थप गरेर पार्टीलाई पुनर्जीवन दिने । युवाहरुलाई राजनितिको मुलधारमा ल्याउने अवसर प्रदान गरेको कारणले १४ औं महाधिवेशनमा ५० वर्ष उमेर समुहका परिपक्को युवाको झण्डै ६०% सहभागिता भएको छ । नेपाली काँग्रेसको विधानलाई संशोधन गरि टोल,गाउँ,नगर र क्षेत्र सम्म अधिकार दिएको छ ।
१०) पिछडिएको समुदाय र विशेष वर्गको उत्थानको पक्षमा काम गर्ने नेता ः– शेर बहादुर देउवाले राष्ट्रमा पछाडि परेका समुदायहरुलाई मुल प्रवाह ल्याउनु राष्ट्रिय दलित आयोग (२०५८) ,राष्ट्रिय महिला आयोग (२०५८) आदिवासी जनजाति विकास प्रतिष्ठान (२०५८), महिलालाई पैतृक सम्पतिमा समान अधिकार दिन मुलुकी ऐनको एघारौं संशोधन २०५९ , कमैया मूक्तिको घोषणा (२०५८) गरे । दलित ,जनजाती छात्रवृति कार्यक्रम (२०५२) , आर्थिक सामाजिक रुपान्तरण सम्बन्धी संसदमा ८ बुदेँ घोषणा पत्र जारी गरे (२०५८), मुिस्लम आयोग र सुकुम्बासि समस्या समाधान आयोग
११) संविधान कार्यान्वयनको नायक ः– सात दशक लामो नेपाली जनताको संघर्षबाट प्राप्त नेपालको लोकतान्त्रिक संविधानको (२०७२) रक्षा गर्न वि.स.२०७४ मा स्थानिय ,प्रदेश र संघको तिनै तहको निर्वाचन सम्पन्न गरि नेपालको संविधान कार्यान्वयनमा ल्याउने भूमिका सम्माननिय प्रधामन्त्रि शेर बहादुर देउवा ज्यूको रह्रयो ।
१२) सामाजिक तथा आर्थिक सुधारक ः– कमैया मूक्ति, छाउपडी प्रथा र छुवाछुत प्रथाको अन्तका लागि महत्वपूर्ण भूमिका खेल्नु भयो । भूमि सुधार कार्यक्रमलाई विशेष महत्वका साथ अगाडि बढाउनु भयो ।
१३) शान्ति प्रक्रियाका अगुवा नेता ः– वि.स.२०५६ सालमा प्रधानमन्त्रि कृष्ण प्रसाद भट्टराईले माओवादीसँग वार्ता गर्न देउवालाई जिम्मा दिनु भयो। उहाँले माओवादी नेतासँग शान्तिप्रक्रियाका लागि पत्राचार गर्नुभयो। जुन कुरा १४ औ महाधिवेशनको उद्घाटन समारोह (२०७८-८-२४) मा मओवादी नेता प्रचण्डले शान्ति वार्ताका लागि पहिलो मलाई पत्राचार गर्ने व्यक्ति शेर बहादुर देउवा नै हुन भन्ने विचार राख्नु भयो। शसस्त्र द्धन्द्ध समाधान गर्न सन्त नेता कृष्ण प्रसाद भट्टराईलाई जिम्मेवार दिने देखि हरेक तरहले समस्या समाधान गर्न लागि पर्नुे भयो र माओवादीलाई मुलधारमा ल्याउनु समय समयमा राजनितिक निर्णय गराउनु सफल हुनुभयो।
१४) राष्ट्र कै अभिभावक ः– वि.स.२०७४ मा भएको आम निर्वाचनमा वाम शक्तिले झण्डै दुई तिहाई लिएर सरकार बनाए तर सरकार बनि सकेपछि नत वाम सरकारले देश र जनताका लागि उल्लेखनिए काम गर्न सक्यो नत पुरा कार्यकाल सरकार चलाउन सक्यो। सरकार चलाउन नसकि बिच मै छोडेर सरकार चलाउने काँग्रेसको जिम्मामा आयो। पछिल्लो समयमा लोकतान्त्रीक आन्दोलनका नेताहरु मध्ये उहाँले जुन ढंगको देश र जनता प्रति जिम्मेवारी देखाउनुभयो। यस्ले स्भाविक रुपमा वर्तमान राजनितिमा उहाँको भूमिका अतुलनिय देखिन्छ। नेपाली काँग्रेस पार्टी भित्रको राजनिति नेतृत्व मात्र होइन उहाँलाई सम्पूर्ण राष्ट्रको जिम्मेवार , परिपक्व, अनुभवी नेताको रुपमा हेरिएको छ। अहिलेको वर्तमान संक्रमणकालिन अवस्थामा शेर बहादुर देउवा राष्ट्रकै अभिभावक जस्तो देखिनु भएको छ। यस कारणले शेर बहादुर देउवालाई सम्पूर्ण महाधिवेशन प्रतिनिधि ज्यूहरुले आफ्नो अमूल्य मत दिई नेपाली काँग्रेसको पार्टी सभापतिमा विजय गराऔँ।
लेखक नेपाली काँग्रेस संगठन विभागका केन्द्रिय सदस्य तथा नेपाली काँग्रेस डडेल्धुराका सचिव हुन।