कैलासकुमार पाण्डेय
उत्साह,एकता,रुपान्तरण को नारा सहित २४ मंसिर २०७८ देखि नेपाली कांग्रेसको १४ औ महाधिवेशन चलिरहेको छ।संविधान त प्रत्येक पाच वर्षमा गर्नु पर्ने ब्यवस्था अनुरुप र निरन्तरको लोकतान्त्रिक अभ्यास का रूपमा निकै उत्साहका साथ अधिवेशन चली रहेको छ। दुइतिहाई को कम्युनिस्ट सरकार जनताका लागि केही गर्न नसकेको परिस्थितिमा काङ्ग्रेसका प्रतिको आशा पुनर्जागित भएको छ। हरेक परिवर्तनको नेतृत्व लिएको,बिकास र रुपान्तरणको प्रक्रिया थालेको कांग्रेसका प्रतिको आकर्षक अझै बढेको छ।
ठुला भनिएका पार्टीहरु फुटेको अवस्थामा वडा देखि थालिएको अधिवेशन प्रक्रियाले काङ्ग्रेस संगठन लाई पुनर्जीवन प्राप्त भएको छ।नया संविधान अनुसारका राज्य संरचनामा पार्टीले आफ्ना इकाई निर्माण गरेको छ। हरेक तहमा पार्टीले एघारौं अधिवेशनमा अंगिकार गरेको समाबेशी अवधारणा अहिले राज्यको अबधारणा बनिसकेको पक्षलाई पार्टीले अक्षरशः पालना गरि प्रयोगमा ल्याएको छ।
हरेक अधिवेशनले बैचारिक बहसलाई नीति कार्यक्रममा समेटेर पनि यो अधिवेशन प्रक्रिया नियमितता र नेतृत्व अध्यावधिमा बढी जोड दिएको छ।देशले राजनीतिक परिवर्तनपछि आर्थिक ,सामाजिक परिवर्तनलाई बिशेश जोड दिनु पर्ने सन्दर्भमा राज्यमा कम्युनिस्टको उपस्थितले महत्व पाउन सकेको थिएन।
यस अधिवेशनले राजनीतिक परिवर्तनपछि आर्थिक ,सामाजिक परिवर्तनको संकल्प अगाडि बढाउने छ। नीतिगत बहस त्यति बढी नचले पनि आगामी कार्यक्रम तय गर्ने नै छ संगै सबै तहमा नेतृत्व चयन गरे जस्तै केन्द्रिय नेतृत्वलाई तजा जनादेश सहित अनुमोदन गर्ने छ।धेरै नया अनुहारको प्रवेशलाई बिशेष महत्वका साथ लिने छ भने नया ब्यवस्था अनुसार दुई उपसभापति , दुई महामन्त्री ,आठ सहमहामन्त्री सहित खुला र प्रादेशिक प्रतिनिधित्व समाबेशी प्रतिनिधिलाई जोड दिएर नेतृत्व चयन हुनेछ।फरक बिचारलाई, बिचार समुहलाई पार्टी प्रवेश गराईए को छ। विभिन्न परिवेशले फरकमतको आभास दिई रहेको सन्दर्भलाई एकताको रूपमा अधिवेशनलाई लिइएको छ।आजको बिशिष्ठ राजनीतिक परिस्थितिमा सबै राजनीतिका शक्तिका बिच एकता खोज्नु परेको छ।
महाधिवेशन राष्ट्रिय ,अन्तर्राष्ट्रिय रुपले पनि निकै महत्वको रहनेछ। आज विश्व राजनीतिमा वैचारिक बहसको पुन प्रारम्भ भएको छ। शीतयुद्धको समाप्तिपछि समान्यतया रोकिएको अन्तर्राष्ट्रिय राजनीति बहसमा लोकतन्त्रको परिचर्चा शुरु भएको छ। यो बहसको बिषय एक लोकतान्त्रिक पार्टीको महाधिवेशनका सान्दर्भिक बिषय बन्नु पर्ने नै हुन्छ।
बैचारिक बहस,राष्ट्रिय अन्तर्राष्ट्रिय राजनीति को समिक्षा, देशको समसामयिक बिषयको चर्चा परिचर्चा, नेतृत्व चयको मुख्य कार्यभार हो भने पार्टी संगठन, संगठनलाई सबै तहमा गतिशील, परिणाममुखी निर्माणका लागि आवश्यक रणनीति पनि तय गर्नु पर्ने हुन्छ । आज देश बिदेशले हेरीरहेको छ । नेपाली कांग्रेसले के निर्णय गर्छ। नेपाली काङ्ग्रेसको सभापति को बन्छ।नेतृत्व तहमा जिम्मेवारी पाउने नेताका बिषयमा सुक्ष्म रुपमा हेरिदैछ। यति बेला निर्णयको ठूलो जिम्मेवारी महाधिवेशन प्रतिनिधिको काँधमा आएको छ।
पाँच वर्षका लागि पार्टीको नेतृत्व चयन गर्नुपर्ने उक्त नेतृत्व कार्यक्रम र कार्यसूचि प्रदान गर्ने निर्णय महाधिवेशनले गर्ने छ, सोही अनुरुप पार्टी चल्नेछ पनि। महाधिवेशनको मुख्य कार्यभार नेतृत्व चयन हो। चालू महाधिवेशनमा नेतृत्व चयन निकै चर्चा र महत्वको बिषय बनेको छ। पुस्तान्तरण निकै जोरले भनिदै छ । जे भने पनि अन्य नेतृत्वमा समय परिवेश अनुसार जिम्मेवारी दिइनु पर्छ तर सभापति पदमा बर्तमान सभापतिलाई नै पुनः एक कार्यकालको जिम्मेवारी दिनु पर्ने हुन्छ। काम गरि देखाउन एक कार्यकाल निकै छोटो अवधी हो। त्यसैमा पूरा गर्नु पर्ने कामको अभिभारा थाती नै छ। संविधान कार्यान्वयन त भयो तर सफल प्रयोग हुन बाँकी छ।
आर्थिक, सामाजिक रुपान्तरण गरि सुसम्पन्न मुलुक निर्माण गर्ने जिम्मेवारी छ। मधेस, आदिवासी जनजाति का मुद्दा थाती छ्न।विकासको नया अवधारणा ल्याउनु छ। यति मात्र होइन विश्व सामु नेपाल लाई समुन्नत राष्ट्रको रुपमा चिनाउनु छ। मुलुक प्रतिको अभिभारासंगै पार्टीको जिम्मेवारी त्यत्तिकै छ। तीनतहका निर्वाचन समन्न गरि नेपाली कांग्रेसलाई पहिलो पार्टी बनाउनु छ। वर्तमानको यो जिम्मेवारी पूरा गर्नमा सभापति शेरबहादुर देउवा मात्रै सक्षम छन किन भने समय परिस्थिति मिलाएर लैजाने क्षमता पनि छ। राजनीति गर्ने पुरातन परम्परालाई छलाङ मारेर एउटा इतिहास रचेका छन वर्तमान सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले।
इतिहास सबैको बन्दैन, इतिहास निर्माण गर्ने त्याग, तपस्या र बलिदान चाहिन्छ। नेपाली राजनीतिमा आफ्नो छुट्टै इतिहास परिचय स्थापित गरिसक्नु भएका एउटा साधारण किसानको छोरा,न त कुनै राजनीतिक बिरासत न कुनै पुर्खाको इतिहास आफ्नै मेहेनतले डडेलधुरा जिल्लाको गरिब परिवार र तत्कालीन अवस्थामा काठमाडौंबाट सुदुरपश्चिम्को उपमा पाएको उपेक्षित क्षेत्र नत अहिलेको जस्तो बिमानस्थल न त कर्णालीमा पुल महिनौं दिन लगएर हिडेर काठमाडौं पुगेर डडेल्धुराको सामान्य स्कुल देखि बेलायतको प्रसिद्ध बिश्वबिद्यालयमा स्नातकोत्तर गरेर विभिन्न आरोह अबरोहलाई छिचोल्दै रास्ट्रिय राजनीतिमा दरिलो उपस्तिथि बनाउदै विभिन्न बर्ग, पिछडिएका क्षेत्र, सुकुम्बासी, हलिया प्रथा, जातिय उत्पीडनका आवाज बुलन्द गर्दै, प्रजातन्त्र स्थापना र जनताको स्वतन्त्रताको लागि, बर्षौ जेलजिबन पर्दा समेत जनताको पक्षमा सतिसाल झै उभिन्ने ब्यक्ती हो शेरबहादुर ,पहिलो पटक प्रधानमन्त्री भय पश्चात काठमाडौंलाई सुदुरपश्चिम सङ्ग जोड्न सयौं पुल स्थापना गर्न उहाँको देन लाई नकार्न सकिन्न ।
संविधान निर्माण भइ अलपत्र रहेको परिस्थितिमा सफल कार्यान्वयन गर्ने, पार्टी सभापति भएपश्चात् कम्युनिस्टहरुको बाम एकताको नाममा जबरजस्त रुपमा किमजोङकै शैलीमा अधिनायकबादी तानाशाहको रुपमा उदाइ रहेका केपि ओलीलाई सत्ताच्युत गरि कम्युनिस्टहरु लाई टुक्राटुक्रा पारी प्रजातन्त्रमा बिश्वास गर्ने शक्ति कांग्रेसलाई सत्तामा स्थापित गरे फेरि पनि नेपालमा प्रजातन्त्रलाई खतरा मुक्त बानाए ,नेपाली कांग्रेस छोडेर गएका बिजय गच्छदार ,सुर्य थापाका छोरा सुनिल थापा लगायत तराई मधेसमा कांग्रेस छोडेर मधेसबादी दलमा गएका हजारौं कार्यकर्ता र राप्रपाकाे ठुलो संख्यामा केन्द्रिय नेता ,जसपाका सांसद प्रेम तामाङ ,नेकपा माओवादीका नेता जनक कलौनी एमालेका नेता मोहन राठाैर सहितलाई कांग्रेस पार्टीमा समाहित गरेर विशाल पार्टीको अभियानमा लागेका देउवालाई फेरि पनि बिगतमा भएका कमिकमजोर सच्याउन मौका दिदै र बाँकी रहेका सम्बृद्ध समुन्नत नेपाल बनाउने सपनाहरु साकार गर्न सभापति पदमा बिजयी गराउनु जरुरी छ। पार्टी भित्र र बाहिरी शक्तिलाई मिलाएर पार्टी र देश चलाउन शेरबहादुर देउवा निर्विकल्प नेता हुन ।
चालू महाधिवेशनले उक्त जिम्मेवारी दिनु पर्ने हुन्छ। महाधिवेशनका प्रतिनिधि आ आफ्नो तहका नेता नै हुन र परिस्थिति राम्रो संग बुझेका पनि छन। निश्चित ने एउटा परिपक्व निर्णय गर्नेछ्न। नेपाल को संविधान जारी भयो तर कार्यान्वयनमा निकै कठिनाइ थियो। तराईमा आगो दन्केको थियो।चुनाव भए पार्टीलाई घाटा हुन्छ भन्ने थाह थियो तै पनि प्राप्त उपलब्धिलाई संस्थागत र संरक्षण गर्ने जस्तोसुकै जोखिम भए पनि जोखिम मोलेर देशलाई निकास दिई काङ्ग्रेसको नेतृत्वमा बनेको संविधान कांग्रेसकै नेतृत्वमा कार्यान्वयन भएको सबल पक्षको उच्च मुल्यांकन गर्ने बेला पनि आएको छ । पार्टीमा गुट रहन्छन नै। बिचार समूह उप समूह नेतृत्व बिशेष धेरै पनि हुन सक्छन।
तर पार्टीको नीति ,बिधान सिद्धान्त भन्दा माथि समूह हुन सक्दैन। धेरै नेता रहेको पार्टीमा समूह हुनु पनि अन्यथा होइन तर सबैलाई मिलाएर लैजाने क्षमता राख्ने नेताको खाचो छ। बिगत पाच वर्षको कार्यकालले मिलाएर लैजान सक्ने कुशलता देखाएको छ शेरबहादुर देउवाको नेतृत्व ले।
पार्टीमा सबैको सम्मान हुने, सबै अटाउने साझा पार्टी बनाउन ,देशको तरल राजनीतिलाई स्थिरता प्रदान गर्ने उग्रवामपन्थी उग्रदक्षिण पन्थीलाई राष्ट्रिय स्वार्थमा एक ठाउमा ल्याउन सक्ने, अन्तर्राष्ट्रिय राजनीतिमा नेपालको साख जोगाउदै नया उचाइ थप्न सक्ने राजनेता शेरबहादुर देउवा बनाउने थप कार्यभार लिएको छ यस महाधिवेशनले। नेपाली कांग्रेसले स्थापनादेखि स्वतन्त्रता ,समानता र लोकतन्त्रका लागि आफ्ना हरेक गतिविधि चलाएको छ।
नेपाली जनतालाई दास रैतीबाट नागरिक बनायो। हरेक परिवर्तनको नेतृत्व लियो। इतिहासले बिगतको कार्यभार बर्तमानलाई सुम्पेको छ। राजनेताको त्याग,सहिदको बलिदान को सम्मान गर्ने सक्ने नेताको आवश्यकता समयले महसुस गरेको त्यो कार्यभार सम्हाल्न सक्ने एकमात्र राजनेता शेरबहादुर देउवा भएकाले यो महाधिवेशनले वहाको नेतृत्व लाई अनुमोदन गरि थप जिम्मेवारी प्रदान गर्ने नै छ।
(स्तम्भकार नेपाली काङ्ग्रेस डडेल्धुरा क्षेत्र नं क का क्षेत्रीय सभापति हुन)