डिजेल र मट्टीतेलको मूल्य घट्यो, पट्रोल र ग्यास यथावत्

लेखाजोखा न्युज
१५ आश्विन २०७७, बिहीबार १९:४०

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य घटाएको छ । आयल निगमले बिहीबार रातिबाट लागु हुने गरी डिजेल र मट्टीतेलको मूल्य एक–एक रूपैयाँले घटाएको हो ।

भारतीय आयल निगमबाट डिजेलको मूल्य घटेर आएकाले नेपालमा पनि मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।

मूल्य घटेसँगै अब डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर ८९–८९ रूपैयाँ हुनेछ । पट्रोल र ग्यासको मूल्य भने यथावत् राखिएको छ ।