३१ साउन २०७९, मंगलबार

सर्वोच्चमा तोकियो सबै खाले मुद्दामा पेसी, सुनुवाइ भने भएन सुरु

लेखाजोखा न्यूज

१७ मंसिर २०७८, शुक्रबार १२:५१

काठमाडौं। सर्वोच्च अदालतमा आज बन्दीसहित सबै खाले मुद्दाका पेसी तोकिएको छ तर सुनुवाइ सुरु हुन सकेको छैन।

सुनुवाइका लागि ११ वटा इजलास गठन भएकामा नौ संयुक्त र दुई एकल इजलास रहेको छ। ती इजलासमा १३६ मुद्दा सुनुवाइका लागि राखिएको छ।

सर्वोच्चमा यही मङ्सिर १५ गतेदेखि गोला प्रक्रियाबाट पेसी तोकी सुनुवाइ प्रारम्भ गरे पनि आन्तारिक विवादका कारण गत कात्तिक ८ गतेदेखि नै बन्दीका रिट निवेदनबाहेक अन्य मुद्दामा सुनुवाइ हुन सकेको छैन ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा कोभिड–१९ को सङ्क्रमणका कारण सोमबार अस्पतालमा भर्ना भएकोमा आज घर फर्केका छन ।


© 2022 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend