३१ साउन २०७९, मंगलबार

फेरि सर्‍यो भारत, अमेरिका र बेलायतमा प्रस्तावित राजदूतको संसदीय सुनुवाइ

लेखाजोखा न्यूज

१७ मंसिर २०७८, शुक्रबार १२:२२

काठमाडौं। तीन देशका प्रस्तावित राजदूतको सुनुवाइका लागि बोलाइएको संसदीय सुनुवाइ समितिको बैठक फेरि सरेको छ।

कांग्रेस सांसदहरु महाधिवेशनमा व्यस्त भएको लगायतका कारण देखाएर बैठक २० गतेलाई सारिएको हो। यसअघि मंसिर ५ गतेको बैठक पनि कोरम नपुगेर बस्न सकेको थिएन।

शुक्रबारको बैठकमा भारत, अमेरिका र बेलायतमा नियुक्तिका लागि प्रस्तावित राजदूतहरुको सुनुवाइ सुरु गर्ने भनिएको थियो। गत ११ कात्तिकमा बसेको मन्त्रिपरिषद् बैठकले भारतका लागि नेपाली राजदूतमा डा.शंकर शर्मा, अमेरिकामा श्रीधर खत्री र बेलायतमा ज्ञानचन्द्र आचार्यको नाम सफारिस गरेको थियो।


© 2022 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend