३ माघ २०७८, सोमबार

कांग्रेस प्रदेश अधिवेशन : बागमती प्रदेश सभापतिका उम्मेदवार बानियाँले गरे प्यानल घोषणा

लेखाजोखा न्यूज

१७ मंसिर २०७८, शुक्रबार १२:०३

काठमाडौं। नेपाली कांग्रेस प्रदेश अधिवेशनअन्तर्गत बागमती प्रदेशको प्रथम अधिवेशनमा सभापति पदका उम्मेदवार इन्द्रबहादुर बानियाँले आफ्नो प्यानल घोषणा गरेका छन ।

हेटौंडामा पत्रकार सम्मेलन गर्दै बानियाँले पार्टी सभापति शेरबहादुर देउवा पक्षबाट आफ्नो नेतृत्वमा प्यानल घोषणा गरेका हुन ।

प्यालनका उम्मेदवारहरुमा सभापतिमा इन्द्रबहादुर बानियाँ, उपसभापतिहरुमा मदन कृष्ण श्रेष्ठ, धर्मराज गौतम, महामन्त्रीहरुमा राजु श्रेष्ठ र तिलक रुवाली, सह–महामन्त्रीहरुमा हरिशरण श्रेष्ठ, महेन्द्र थिङ र निरु खड्का रहेका छन।

यसअघि हिजो साँझ सस्थापन इतरको समूहबाट जगदिश्वर नरसिंह केसीले बागमती प्रदेश सभापतिको लागि आफ्नो प्यानल घोषणा गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
© 2022 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend