३ माघ २०७८, सोमबार

सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

लेखाजोखा न्यूज

१७ मंसिर २०७८, शुक्रबार ११:४७

काठमाडौं। साताको अन्तिम दिन शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ९१ हजार ५०० कायम भएकोमा शुक्रबार २०० रुपैयाँले घटेर प्रतितोला ९१ हजार ३०० कायम भएको हो ।

शुक्रबार छापावाल सुनप्रति १० ग्राम ७८ हजार २७५ कायम भएको महासंघले जनाएको छ। त्यसैगरी, तेजाबी सुन प्रतितोला ९० हजार ८०० कायम भएको छ । त्यस्तै, तेजाबी सुन प्रति १० ग्राम ७७ हजार ८४५ कायम भएको महसंघले जनाएको छ ।

शुक्रबार चाँदीको मूल्य स्थिर रहेको छ। शुक्रबार चाँदीको मूल्य प्रतितोला एक हजार १९० कायम भएको छ । बिहीबार पनि चाँदीको सोही मूल्य कायम भएको थियो । त्यस्तै, चाँदीको मूल्य प्रति १० ग्राम एक हजार २० पैसा कायम भएको महसंघले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2022 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend