३१ साउन २०७९, मंगलबार

कांग्रेस सभापति देउवासँगै जेल बसेका भट्टले दिए प्रदेश उप-सभापतिमा उम्मेदवारी

लेखाजोखा न्यूज

१७ मंसिर २०७८, शुक्रबार ११:३९

डडेल्धुरा। कांग्रेस डडेल्धुराका पुर्व सभापति रघुवर भट्टले सुदूरपश्चिम प्रदेश समितिको उप–सभापतिमा पदमा उमेदवारी दिएका छन।

तत्कालिन शासकविरुद्व संघर्षका दौरान नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासंगै पटक–पटक जेल जिवन विताएका भट्टले प्रदेशको  उप–सभापतिमा पदमा उमेदवारी दिएका हुन।

विद्यार्थी राजनीति कालखण्ड देखी निरन्तर पार्टीमा अतुलनीय योगदान पुर्‍याएका नेता भट्टले मंसिर १८ गते धनगढीमा हुने सुदूरपश्चिम प्रदेश अधिबेशनमा उप–सभापति पदमा उमेदवारी दिएका हुन।

कांग्रेस सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुराबाट उनले उप–सभापति पदमा उमेदवारी दिएको लेखाजोखा न्युजलाई जानकारी दिएका छन ।

प्रदेश अधिवेशनमा सहभागी हुन सुदूरपश्चिम प्रदेशका सबै जिल्लाबाट अधिवेशन प्रतिनिधिहरु धनगढी पुगिसकेका छन ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2022 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend