काठमाडाैं । गण्डकी प्रदेशको पार्टी सभापतिमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुन जोशीको पल्ला भारि देखिएकाे छ ।
लामो समय रामचन्द्र पौडेल समुहमा रहेका केही महाधिबेशन प्रतिनिधिहरुले अर्जुन जोशीको पक्षमा तिब्र लविङ बढाएका कारण गण्डकी प्रदेशमा उनको विजय सुनिश्चित मानिएको हो ।
रामचन्द्र समुहका नेताहरु स्वयम् रामचन्द्र पौडेल, डा. शासंक कोइराला, दिल बहादुर घर्ती, कमला पंत, जीवन परियार लगायतका नेताहरुले विभिन्न तरिका अपनाई आफ्नो समुहको एकता कायम राखेको बताएपनि रामचन्द्रकै गृहजिल्ला तनहुँबाट अर्जुन जोशीको पक्षमा दुई तिहाई महाधिबेशन प्रतिनिधिले समर्थन गरेको बताइएको छ । रामचन्द्र समुहवीचको आपसी खिचातानीका कारण प्रदेशका हकमा अर्जुन जोशी बलियो देखिएका छन् ।
‘केन्द्रीय महाधिबेशनमा रामचन्द्र दाइ वा सो समुहमा मतदान हुने भएपनि प्रदेशका हकमा अर्जुन जोशीलाई मतदिने निष्कर्षमा पुगेका छौं ।’ रामचन्द्र पक्षिय एक प्रतिनिधिले संसारन्यूजसँग बताएका छन् ।
कूल मतदाता २०९३ रहेको गण्डकी प्रदेशमा कांग्रेसभित्रका दुई खेमाको सन्तुलन बराबरी जस्तो रहेपनि संस्थापनका उम्मेदवार अर्जुन जोशीेले ६० प्रतिशत मत पाउने विश्लेषण उनी पक्षिय कार्यकर्ताको रहेको छ ।
तर, जोशी जोखिममुक्त भने नरहेको कांग्रेसका अर्को सुत्रले बताएकोृ छ । गोपालमानसँग रुष्ट भएका कार्यकर्तालाई आफ्नो पक्षमा पार्न अर्जुनले अझै कसरत गर्नुपर्ने देखिन्छ । अर्जुनसँग प्रतिश्पर्धामा उत्रने शुक्रराज शर्माले पनि कास्कीकै शेरबहादुर पक्षिय कार्यकर्ताको मत लैजान सक्ने विश्लेषण गरिएको छ ।
गण्डकी प्रदेश पार्टी सभापतिमा प्रतिश्पर्धा गर्ने निर्णय गरेका अर्जुन जोशी लामो समयदेखि कांग्रेसको नेतृत्वमा रहँदै आएका व्यक्ति हुन् भने कास्कीका शुक्रराज शर्मा पनि कांग्रेसभित्र निष्ठावान व्यक्ति मानिन्छन् ।