८ असोज २०८०, सोमबार

माओवादी केन्द्रको स्थायी समितको बैठक आज पनि बस्दै

लेखाजोखा न्यूज

१७ मंसिर २०७८, शुक्रबार ८:०२

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको स्थायी समितको बैठक आज पनि बस्दैछ । पार्टी मुख्यालय पेरिसडाँडामा आज विहान ८ बजे स्थायी समितिको बैठक बस्न लागेको हो ।

प्रवक्ता कृष्णबहादुर महराले बैठकमा समसामयिक राजनीतिक विषय र आसन्न राष्ट्रिय सम्मेलनको तयारीबारे छलफल हुने जानकारी दिए ।

यसअघि (हिजो) विहिबार बसेको स्थायी समितिको बैठकले काठमाडौंस्थित प्रज्ञा भवनमा राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको थियो । बैठकले पुष ११–१३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको हो ।

यस्तै मंसिर २५ गते सबै प्रदेशमा प्रदेश सम्मेलन गर्ने र सम्मेलनको उद्घाटन दिउँसो १ बजे अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भर्चुअल माध्यमबाट गर्ने प्रवक्ता महराले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2023 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend