१६ जेष्ठ २०८०, मंगलबार

राप्रपा महामन्त्रीमा कुन्ती शाही र रेखा थापा भिड्दै

लेखाजोखा न्यूज

१६ मंसिर २०७८, बिहिबार ७:३४

काठमाडाैं । राप्रपाको जारी अधिबेशनमा महामन्त्री पदको लागी कुन्ती शाही र रेखा थापा भिडने भएका छन्। अध्यक्ष कमल थापा पक्षबाट महामन्त्री पदमा कुन्ती शाहीले उम्मेदवारी दिने भएकी छन्। उनले प्रचारप्रसार अघि बढाएकी छन् भने भोट माग्न थालेकी छन्।

यस्तै राजेन्द्र लिङ्देन पक्षबाट महामन्त्री पदमा नायिकासमेत रहेकी नेता रेखा थापाले पनि उम्मेदवारी दिने भएकी छन्। भृकुटीमण्डपमा भने अध्यक्षका दुई उम्मेदवार कमल थापा र राजेन्द्र लिङ्देन पक्षले नाराबाजी र मत माग्दै प्रचारप्रसार गरिरहेका छन्।

अध्यक्ष, उपाध्यक्ष र महामन्त्री पदमा थापा र लिङ्देन पक्षले प्यानलसहित उम्मेदवारी दिने तयारी गरेका छन्।विभिन्न पदका आकांक्षीहरू खुल्न थालेका छन्।

 

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2023 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend