३ माघ २०७८, सोमबार

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

लेखाजोखा न्यूज

१५ मंसिर २०७८, बुधबार १२:१०

काठमाडौं। आज छापावाल सुनको मूल्य प्रतितोला ४०० ले घटेर रु ९१ हजार ५०० कायम भएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला ९१ हजार ९००मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९१ हजार तोकिएको छ । त्यसको मूल्य मङ्गलबार प्रतितोला ९१ हजार ४०० थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला पाँचले घटेर एक हजार २०० तोकिएको महासङ्घले जनाएको छ । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७७९ डलर आसपास कारोबार भइरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2022 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend