११ असोज २०८०, बिहिबार

सर्वसम्मत अध्यक्ष चयनमा सहभागी हुने, निर्वाचन भए अलग रहने राप्रपा अध्यक्ष राणाको घोषणा

लेखाजोखा न्यूज

१४ मंसिर २०७८, मंगलबार ५:४२

काठमाडौं । राप्रपा अध्यक्ष पशुपति शमशेर राणाले सर्वसम्मत अध्यक्ष चयनमा मात्र आफू सहभागी हुने बाएका छन ।

मंगलबार पार्टी कार्यालय चाबहिलमा पत्रकार सम्मेलन गर्दै उनले आफू निर्वाचन प्रक्रियाबाट अलग हुने घोषणा गरेका हुन। पार्टीको बुधबारदेखि सुरु हुने महाधिवेशनको निर्वाचन प्रक्रियाबाट आफू अलग रहने घोषणा गरेका छन।

उनले आफूले सर्वसम्मत नेतृत्व चयनका लागि पहल गर्ने र कुनै पनि उम्मेदवारतर्फ नखुल्ने बताएका हुन। राणाले आजको सन्दर्भमा पार्टी एकता आवश्यक रहेको उल्लेख गर्दै नेतृत्वको रस्साकसीमा आफू नजाने बताएका हुन।

‘पार्टीको एकता र बृहत्तर हितका लागि निर्वाचन प्रक्रियाबाट अलग रहने मैले निधो गरेको छु’, उनले भने, ‘सहमति र सर्वसम्मतिका आधारमा पार्टी नेतृत्व चयन होस् भन्ने मेरो चाहना छ।’

उनले राप्रपाको सार्थक निरन्तरता, एकता र सर्वसम्मतिका लागि आफ्नो भूमिका र सहयोग रहने पनि बताएका छन ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2023 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend