११ असोज २०८०, बिहिबार

महिला टी-२० विश्वकप छनोट : नेपाल शीर्ष स्थानमा उक्लियो

लेखाजोखा न्यूज

१० मंसिर २०७८, शुक्रबार २:४२

काठमाडौं। आईसीसी महिला टी २० विश्वकप एसिया छनोट अन्तर्गत शुक्रबार नेपालले मलेसियालाई ६ विकेटले पराजित गरेको छ ।

लगातार तेस्रो जितपछि ६ अंक जोडेको नेपाल शीर्ष स्थानमा उक्लेको छ। युएई समान अंक भएपनि नेट रनरेटमा अघि रहँदै नेपाल शीर्ष स्थानमा उक्लेको हो। युएईले आजै कुवेतसँग खेल्दै छ।

दुबईस्थित आइसीसी एकेडेमी मैदानमा भएको खेलमा मलेसियाले दिएको ९३ रनको लक्ष्य नेपालले १८।२ ओभर खेल्दै ४ विकेट गुमाएर पूरा गरेको हो।

नेपालका लागि सबनम राईले २ तथा कविता कुँवर, सीता राना मगर र कप्तान रुबिना क्षेत्रीले समान १ विकेट लिए।

नेपालले अब युएईसँग खेल्न बाँकी छ। पहिलो खेलमै हङकङसँग पराजित भएको नेपालले त्यसयता भुटान र कुवेतलाई सहजै पराजित गरेको थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2023 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend