१७ मंसिर २०७८, शुक्रबार

कांग्रेस जिल्ला अधिवेशन : उपत्यकाका ३ जिल्लामा कस्को पल्ला भारी ?

लेखाजोखा न्यूज

१० मंसिर २०७८, शुक्रबार ११:५२
congress

काठमाडौं। नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत आज एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लामा अधिवेशन हुँदै छ। जसअनुसार आज ४२ जिल्लामा जिल्ला नेतृत्वको लागि अधिवेशन हुने कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ।

कार्यालयका अनुसार प्रदेश २ का आठ जिल्लाबाहेक बाँकी जिल्लामा आज अधिवेशन सुरु हुने छ। जसअनुसार आज उम्मेदवारी मनोनयनको कार्यक्रम रहेको कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ।

काठमाडौं उपत्यकाका ३ जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा जिल्ला अधिवेशनको तयारी अघि बढाइएको छ। यहाँका तीन जिल्लामा पार्टी सभापति शेरबहादुर देउवाको संस्थापन पक्ष, वरिष्ठ नेता रामचन्द्र पौडेल तथा महामन्त्री डा. शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहको छुट्टाछुट्टै प्यानलबीच प्रतिस्पर्धा हुने देखिएको छ।

काठमाडौँमा जिल्ला सभापतिका लागि देउवा पक्षबाट उपेन्द्र कार्की र प्रकाशमान सिंह पक्षबाट वर्तमान सभापति सबुज बानियाँ उम्मेदवार छन।

ललितपुरको जिल्ला सभापतिमा ३ जना उम्मेदवार अघि सरेका छन। यहाँ रामकृष्ण चित्रकार, मीनकृष्ण महर्जन र जितेन्द्रकुमार श्रेष्ठले प्यानल बनाएर सभापतिमा उम्मेदवारी घोषणा गरिसकेका छन ।

एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लामा यसअघि नै जिल्ला अधिवेशन भइसकेको छ। एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका रसुवा, खोटाङ, दार्चुला, धनकुटामा अधिवेशन हुन बाँकी रहेको कांग्रेसले जनाएको छ।

कांग्रेस प्रदेश अधिवेशन मंसिर १६–१७ गते हुँदै छ भने केन्द्रीय महाधिवेशन मंसिर २४–२६ सम्म काठमाडौँमा तय गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
© 2021 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend