१७ मंसिर २०७८, शुक्रबार

प्रधानमन्त्रीलाई भेटे एमाले महाधिवेशनका लागि आएका भाजपा नेताले

लेखाजोखा न्यूज

१० मंसिर २०७८, शुक्रबार ११:३६

काठमाडौं। नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनमा सहभागी हुन आएका भाजपा नेता डा.हर्षवर्धन र भाजपा राष्ट्रिय सचिव हरिश द्विवेदीले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन।

शुक्रबार बिहान नयाँ दिल्लीबाट काठमाडौं आइपुगेका हर्षवर्धन र द्विवेदीले प्रधानमन्त्री देउवालाई बालुवाटार पुगेर भेटेका हुन। भेटमा नेपाली कांग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महत पनि सहभागी थिए ।

भेटमा समसामयिक विषयमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। भारतीय नेताहरू आजै चितवनमा एमालेको महाधिवेशनलाई शुभकामना दिन जादैंछन।

प्रतिक्रिया
सम्बन्धित समाचार
© 2021 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend