१७ मंसिर २०७८, शुक्रबार

२३ सय २० जनाका लागि प्रहरीमा जागिर खुल्यो

लेखाजोखा न्यूज

१० मंसिर २०७८, शुक्रबार ११:१८

काठमाडौं। नेपाल प्रहरीले कार्यालय सहयोगीदेखि प्रहरी निरीक्षक (इन्स्पेक्टर)सम्म स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ।

प्रहरीले लोकसेवाको सहमतिमा आज गोरखापत्रमा सूचना जारी गर्दै धोबी, कुचिकार, सिलाइ-बुनाइ, हजाम, भान्छे, प्रहरी जवान र प्रहरी निरीक्षकका लागि २ हजार ३२० जना माग गरेको हो।

जसमा सबैभन्दा बढी प्रहरी जवानका लागि १ हजार ९७१ कोटा छ। प्रहरी जवानमा १ जार ६३ खुलातर्फ पदपूर्ति हुनेछ भने बाँकी सिट समावेशी समूहका लागि छुट्याइएको छ।

यसैगरी, १४६ जना प्रहरी निरीक्षक भर्ना गरिने भएको छ। जसमा ७९ सिट खुलातर्फ र बाँकी समावेशी समूहतर्फ रहेको छ। प्रहरीमा १६३ जना भान्छे मागिएको छ। त्यस्तै, धोबी, कुचिकार, सिलाइरबुनाइ र हजाममा १०र१० सिट छुट्याइएको छ ।फागुन १९ गतेदेखि दरखास्त फारम बुझाउन सकिने छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
© 2021 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend