१७ मंसिर २०७८, शुक्रबार

किन स्थगित भयो कैलाली कांग्रेसको जिल्ला अधिवेशन ?

लेखाजोखा न्यूज

१० मंसिर २०७८, शुक्रबार ११:०२

कैलाली। कैलाली जिल्लाको कांग्रेस अधिवेशन स्थगित गरिएको छ।

कैलाली कांग्रेसको जिल्ला अधिवेशन महाधिवेशनपछि गर्ने तयारी भएको बताइएको छ। भोली मंसिर १० गते हुने भनिएको जिल्ला अधिवेशन महाधिवेशनपछि गर्ने तयारी भएको प्रचारप्रसार समितिका संयोजक नृप सुनारले जानकारी दिएका छन।

शनिबार बिहान बस्ने जिल्ला कार्यसमितिको बैठकले नयाँ मिति तोक्ने उनले बताए। कैलालीको जिल्ला समितिलाई प्रदेश समितिको अधिवेशन पनि गर्ने जिम्मेवारी पाएकाले सार्ने तयारी भएको हो।

प्रतिक्रिया
सम्बन्धित समाचार
© 2021 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend