१७ मंसिर २०७८, शुक्रबार

किन रोकियो खोटाङ काग्रेसको मतगणना ?

लेखाजोखा न्यूज

१० मंसिर २०७८, शुक्रबार ८:१०
congress

खोटाङ । नेपाली कांग्रेस खोटाङको मतगणना रोकिएको छ । बिहीबार राति मतगणनाका क्रममा विवाद भएपछि गणना रोकिएको हो ।

जिल्ला सभापतिका उम्मेदवार सर्वधन राई समूहले मतपत्र दुई खालको भेटिएको भन्दै मत गणना स्थगित गरेका हुन् ।

मतपत्रका विषयमा असन्तुष्टि जनाउँदै सर्वधनको समूहले जिल्ला निर्वाचन अधिकृतको कार्यालय समक्ष निवेदन समेत दर्ता गराएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

१ हजार ३२२ मत खसेकामा १ हजार १०० मत गणना हुँदा सभापतिका उम्मेदवार विष्णुकुमार राईले ८० मतले अग्रता लिएका थिए । पौडेल निकट राईले ५७१ मत पाउँदा देउवा निकट सर्वधनले ४९१ मत पाएको थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
© 2021 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend