१७ मंसिर २०७८, शुक्रबार

कांग्रेस महाधिवेशन : कञ्चनपुर जिल्ला सभापतिमा थापाकाे प्यानलसहित उम्मेदवारी घोषणा

लेखाजोखा न्यूज

१० मंसिर २०७८, शुक्रबार ६:३६

कञ्चनपुर । नेपाली कांग्रेस कञ्चनपुरको जिल्ला सभापतिमा बहादुरसिंह थापाले प्यानलसहित उम्मेदवारी घोषणा गरेका छन्। बिहीबार महेन्द्रनगरमा पत्रकार सम्मेलन गरेर थापाले पदाधिकारीको प्यानल घोषणा गरेका हुन्। थापाको प्यानलमा हरिशचन्द्र राना र मीनबहादुर सिंह उपसभापतिको उम्मेदवार भएको छ ।

सचिवमा भीमराज भट्ट र हेमराज ओझा उम्मेदवार बनेका छन् भने सहसचिवमा नाफुसिंह साउद र हरिप्रसाद अधिकारीलाई उम्मेदवार बनाइएको छ। संविधानसभा सदस्यसमेत रहेका थापाको प्यानललाई काँग्रेस केन्द्रीय सदस्य एनपी साउद र संविधानसभा सदस्य दिवानसिंह बिष्टको समर्थन छ। साउद र बिष्ट वडा अधिवेशनदेखि नै कञ्चनपुरमा सहकार्य गर्दै आएका छन्।

संविधानसभा सदस्य थापा काँग्रेस कञ्चनपुरका पूर्वसभापति पनि हुन्। कञ्चनपुरमा अर्का केन्द्रीय सदस्य रमेश लेखकको समर्थनमा पूर्वजिल्ला सचिव पदम बोगटी सभापतिका उम्मेदवार छन्। उनी १३ औँ महाधिवेशनमा लेखक समूहबाट प्रतिष्पर्धामा उत्रिएका हरिप्रसाद बोहोरासँग सभापतिमा पराजित भएका थिए।

वर्तमामन जिल्ला सभापति बोहरा कञ्चनपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पराजित भएपछि लेखकले साउदनिकट बोगटीलाई आफ्नो समूहमा भित्र्याएका हुन्। लेखकले सुरुमा जिल्ला सचिव दिवाकर पाण्डेय र महाधिवेशन प्रतिनिधि खगेश्वर बोहरामध्ये एकजनालाई उम्मेदवार बनाउन चाहेका थिए ।

साउद निकट नेतालाई आफ्नो पक्षमा ल्याएर उम्मेदवार नबनाए सभापति जित्न नसकिने विश्लेषणपछि नेता लेखकले बोगटीलाई अगाडि सारेको बुझिएको छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
© 2021 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend