१७ मंसिर २०७८, शुक्रबार

जनगणना औपचारिक रूपमा सम्पन्न, छुटेकाले ११७८ मा फोन गर्न सक्ने

लेखाजोखा न्यूज

९ मंसिर २०७८, बिहिबार ६:०७

काठमाडौं। गएको कात्तिक २५ गतेदेखि सुरु भएको राष्ट्रिय जनगणना बिहीवारदेखि औपचारिक रूपमा सकिएको छ।

आजसम्म पनि गणनामा विशेष कारणले सहभागी हुन नपाएकाहरूको भने शुक्रवार पनि गणना गरिने तथ्याङ्क विभागका उपमहानिर्देशक हेमराज रेग्मीले जानकारी दिएका छन। तर गणना भए पनि आजसम्मकै तथ्याङ्कलाई आधार मानिने उनको भनाइ छ।

भोलि गणना गर्दा भोलि नै कसैको परिवारमा कोही जन्मिएका, मृत्यु भएका भए पनि आजसम्मकै तथ्याङ्क लिइने उनले बताए। भोलिसम्ममा सबै गनेर सकिने उनले दाबी गरेका छन।

विशेष कारणवश गणनामा सहभागी हुन नपाएको भए ११७८ नम्बरमा फोन गरेर तथ्याङ्क टिपाउन सकिने छ। गएको २५ गतेदेखि गणकहरू नागरिकका घरदैलामा पुगिरहेका छन। जनगणनाका लागि देशभर आठ हजार पाँच सय सुपरीवेक्षक र ४० हजार गणक कर्मचारी खटाइएका छन। एक गणकले एउटा परिवारसँग २० मिनेटमा प्रश्नावली सोध्ने गरी औसत समयसमेत तय गरिएको थियो।

तथ्याङ्क विभागले गणना औपचारिक रूपमा सकिएको दाबी गरे पनि कैयौँ व्यक्तिले भने आफूहरूकोमा गणनाका लागि मानिस नआएको भन्दै गुनासो गरेका छन।

प्रतिक्रिया
सम्बन्धित समाचार
© 2021 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend