१७ मंसिर २०७८, शुक्रबार

थपिए ३०८ कोरोना संक्रमित, २९८ जना संक्रमणमुक्त

लेखाजोखा न्यूज

९ मंसिर २०७८, बिहिबार ४:५९

काठमाडौं। पछिल्लो २४ घण्टामा ३०८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार १०४ पीसीआर परीक्षणमा २८१ जना र १८०५ एन्टिजेन परीक्षणमा २७ जना गरी २९८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमण मुक्त हुनेको संख्या २९८ रहेको छ भने संक्रमणबाट ३ जनाको मृत्यु भएको छ। हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमित संख्या ७ हजार ३४९ रहेको छ।

बिहीबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख १५ हजार पुगेको छ। योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ५ज्ञट पुगेको छ भने ८ लाख १ हजार ४२० जना संक्रमणमुक्त भएका छन।

मन्त्रालयका अनुसार हाल ६ हजार ९६१ जना होम आइसोलेसनमा रहेका छन भने ३८८ जना संस्थागत आइसोलेसनमा रहेका छन। कोरोनाका बिरामीमध्ये १९७ जना आईसीयू र ४१ जना भेन्टिलेटरमा उपचाररत छन।

प्रतिक्रिया
सम्बन्धित समाचार
© 2021 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend