१७ मंसिर २०७८, शुक्रबार

जबराको राजीनामा माग्दै माइतीघरदेखि बालुवाटारसम्म ‘मार्च पास’

लेखाजोखा न्यूज

९ मंसिर २०७८, बिहिबार ४:५०

काठमाडौं। प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग गर्दै माइतीघरदेखि बालुवाटारसम्म मार्च पास गरिएको छ।

पेसागत संस्था र बृहत् नागरिक आन्दोलनले प्रधानन्यायाधीश जबराले राजीनामा दिन पर्ने मागसहित मार्चपास गरेको हो। जबराले राजीनामा दिन अटेरी गरेकाले उनलाई महाअभियोग लगाउन र सम्पत्ति छानबिन गर्न माग पनि मार्चपासमा माग गरिएको छ।

‘न्याय मार्च’मा नेपाल पत्रकार महासंघ, शिक्षक महासंघ, इन्जिनियर्स एसोसिएसन, जनस्वास्थ्य संघ, आदिवासी जनजाति महासंघ र बृहत् नागरिक आन्दोलन सहभागि छन।

जबराको राजीनामा माग्दै सर्वोच्च अदालतका न्यायाधीशहरुले कात्तिक ८ देखि उनले तोकेका इजलास बहिष्कार गर्दै आएका छन।

प्रतिक्रिया
सम्बन्धित समाचार
© 2021 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend