१७ मंसिर २०७८, शुक्रबार

कांग्रेस काठमाडौं क्षेत्र नं १० को सभापतिमा पुकार महर्जन विजयी

लेखाजोखा न्यूज

९ मंसिर २०७८, बिहिबार ३:०२

काठमाडौं। नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं १० को सभापतिमा पुकार महर्जन निर्वाचित भएका छन। पार्टीको १४औँ महाधिवेशअन्तर्गत सम्पन्न क्षेत्रीय अधिवेशनमा प्रदेश सांसदसमेत रहेका उनले ३२० मत प्राप्त गरेका हुन।

यस्तै, सचिवमा हरिबहादुर महर्जन २९६, राजु खत्री २५३, सहसचिवमा मिलन विष्ट २२९ र शिशिर महर्जनले २२६ मत प्राप्त गरी निर्वाचित भएका छन।

महाधिवेशन प्रतिनिधि खुलातर्फ राजेन्द्रकुमार केसी (राजन), राजकुमार नकर्मी, विकास बस्नेत, दीपेन्द्र आचार्य, अमृका बलामी, श्यामबहादुर कार्की, धर्मराज केसी, ईश्वर लामा, योगेन्द्रकुमार कुँवर र गोपाल श्रेष्ठ निर्वाचित भएका छन।

महिला महाधिवेशन प्रतिनिधिमा लक्ष्मीदेवी दाहाल रावल, अजितादेवी शर्मा, यशोधा गौतम र मनमैया गिरी, आदिवासी जनजाती महाधिवेशन प्रतिनिधि बद्रीलाल महर्जन, विष्णुमान मानन्धर र चन्द्रबहादुर गोपाली, आदिवासी जनजाती महिला महाधिवेशन प्रतिनिधिमा सिर्जना श्रेष्ठ (सिंह) र यमुनादेवी श्रेष्ठ निर्वाचित भए।

यस्तै, खस आर्य तर्फ सीता केसी (खड्का) र तारा बुढाथोकी, खस आर्य महाधिवेशन प्रतिनिधि पुरुषतर्फ गणेशबहादुर सुवेदी र राजेन्द्र खत्री र अल्पसङ्ख्यकबाट सुदन महर्जन विजयी भएको जनाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
© 2021 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend