१७ मंसिर २०७८, शुक्रबार

सुनको मूल्यमा गिरावट, जान्नुहोस् कतिमा हुँदै छ कारोबार ?

लेखाजोखा न्यूज

९ मंसिर २०७८, बिहिबार ११:२९

काठमाडौं। सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला १०० ले घटेर ९१ हजार ७०० कायम भएको छ। पहेँलो धातु अघिल्लो दिन प्रतितोला ९१ हजार ८०० मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९१ हजार २०० तोकिएको छ । यसको मूल्य बुधबार प्रतितोला ९१ हजार ३०० थियो।

त्यस्तै चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला पाँचले बढेर एक हजार २३० पुगेको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७९२ डलर आसपास कारोबार भइरहेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
© 2021 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend