१७ मंसिर २०७८, शुक्रबार

कोरोनाबारे डब्ल्यूएचओको चेतावनी : ‘मार्चसम्म थप लाखौंको मृत्यु हुनसक्ने’

लेखाजोखा न्यूज

८ मंसिर २०७८, बुधबार ११:५०

एजेन्सी। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोना संक्रमणबारे एक गम्भीर चेतावनी जारी गरेको छ।​ यूएनको संगठनले यूरोप र एशियाका केही हिस्सामा अर्को मार्चसम्म सात लाख व्यक्तिको कोभिड संक्रमणका कारण मृत्यु हुनसक्ने बताएको छ।

कोरोना महामारीको सुरुवातदेखि अहिलेसम्म ५३ देशमा मृत्यु हुनेको संख्या पहिला नै १५ लाखभन्दा बढी छ। यो ती ५३ देश हुन् जसलाई स्वास्थ्य संगठनले आफ्नो युरोप क्षेत्र बताउने गर्छ।​ डब्ल्यूएचओलेले कोरोनाको आगामी स्थितिको विषयमा चेतावनी जारी गर्दै अर्को मार्चसम्म ४९ देशमा आइसीयू संकट पैदा हुनसक्छ।

युरोपमा लगातार कोरोना संक्रमितको संख्या बढिरहेको छ। युरोपका थुप्रै देशले आफ्नो देशमा कोरोना नियमलाई कडा बनाउँदै नयाँ प्रतिबन्ध लागू गरेको छ। अष्ट्रियामा त पूर्ण लकडाउनको घोषणा गरिसकिएको छ जबकी थुप्रै देशले लकडाउन लागू गर्नेबारे विचार गरिरहेका छन।

फ्रान्स, जर्मनी र इजिप्टसमेत थुप्रै देशले चाँडै नै बुस्टर भ्याक्सिन उपलब्ध गराउने बारे विचार गरिरहेको छ। यद्यपि, थुप्रै देशमा कोरोना प्रतिबन्ध लागू गरेका कारण विरोध प्रदर्शन पनि भइरहेको छ। नेदरल्याण्डमा लकडाउनको विरोधमा त हिंस्रक झडप भएकोसमेत खबर छ।

मंगलबार डब्ल्यूएचओले हालको स्थितिको आधारमा अर्को वर्ष कूल मार्चसम्म कूल मृतकको संख्या २.२ मिलियनसम्म पुग्न सक्ने आँकलन गरिएको छ।

आफ्नो बयानमा विश्व स्वास्थ्य संगठनले कोरोना संक्रमणका कारण हुने मृत्युमा लगभग दोब्बर वृद्धि भएको बताएको छ। हरेक दिन औसतमा लगभग ४२०० मृत्यु भइरहेको छ।

रुसमा मात्रै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १२ सयभन्दा बढी थियो। डब्ल्यूएचओले बढ्दो संक्रमित र मृत्युको पछाडिको सबैभन्दा ठूलो कारण अहिलेसम्म पनि एक ठूलो जनसंख्याले भ्याक्सिनको पूर्ण डोज नलगाउनु भएको बताएको छ।

यस्तै डेल्टा भेरियन्ट युरोप क्षेत्रमा तीब्र रुपमा फैलिएका कारण पनि संक्रमित र मृत्युदरमा वृद्धि भइरहेको छ। डब्ल्यूएचओ युरोपका निर्देशक डा.हेन्ज क्लूजले मानिसहरुलाई भ्याक्स्नि लगाउन आग्रह गरेका छन।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
© 2021 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend