१७ मंसिर २०७८, शुक्रबार

गोतामेको निबन्ध संग्रह ‘सेन्स, कमनसेन्स, ननसेन्स’ सार्वजनिक

लेखाजोखा न्यूज

७ मंसिर २०७८, मंगलबार १:०१

काठमाडौं। प्रसिद्ध व्यंग्यकार श्याम गोतामेको निबन्धसंग्रह ‘सेन्स, कमनसेन्स, ननसेन्स’ सार्वजनिक भएको छ ।

सिस्नुपानी नेपाल आयोजक रहेको कार्यक्रममा प्रमुख अतिथि साहित्यकार यादव खरेलले व्यंग्यकृतिको विमोचन गरेका छन । खरेलले विमोचन मन्तव्य दिँदै गोतामेका व्यंग्य रचना कालजयी र सार्वकालिक रहेको बताए।

२३-२४ वर्षअघि लेखिएका गोतामेका व्यंग्य निबन्ध आज पनि उत्तिकै सान्दर्भिक रहेको उनको भनाइ थियो। कृतिमाथि साहित्यकार नरेन्द्रराज पौडेलले समीक्षात्मक टिप्पणी गर्दै भैरव अर्याल, केशवराज पिँडाली लगायतले उर्वर पारेको हाँस्यव्यङ्ग्य क्षेत्रमा गोतामेले थप मलजल गरेको बताएका छन। ।

सिस्नोपानी नेपालका अध्यक्ष लक्ष्मण गाम्नागेले गोतामेको योगदानलाई चीरस्थायी बनाउन परिवारको तर्फबाटै ठोस पहल हुनुपर्ने बताए । कार्यक्रममा साहित्यकार राजेश खनालले गोतमालेसँगको सङ्गत स्मरण गरेका थिए। विं स १९९६ साल भदौ २६ गते जन्मनु भएका गोतामेको २०५५ वैशाख १९ गते निधन भएको थियो । जदौ, कयेनावाचा, लगायतका उहाँका कृति निकै लोकप्रिय छन।

© 2021 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend