१७ मंसिर २०७८, शुक्रबार

संस्कृतीको शंशोधन

लेखाजोखा न्यूज

६ मंसिर २०७८, सोमबार ९:३९

सिद्धराज मिश्र

विश्व ब्रह्माण्ड नै परिवर्तनशील भएको अवस्थामा हाम्रा संस्कृतीहरु यथास्थितीमा मनाइरहनु कत्तिको सान्दर्भिक होला? मलाई मन परेर बनाइएको घर, बेडरुम, बैठक, किचन आदि केही बर्षमै स्थान परिवर्तन, डिजाइन परिवर्तन, सामाग्री परिवर्तन गर्न मन लागि हाल्छ । जसको टाउकाको मोल तोक्यो उसै संग केहि बर्षमै घाँटि जोडेर सरकार बनाउन मन लाग्दैन र ? कति परिवर्तनशील छ यो मन ! पेट मिचि मिचि हँसाएको चुट्कीला बारम्बार सुनि रहंदा उत्तिकै आनन्द आउँछ र ? हास्यकविहरु त्यसैलै कि त उक्त चुट्किला रिमिक्स गरीरहन्छन् या त प्रतिस्थापन। त्यही भएर पुर्खौं देखि मनाउँदै आइरहेका रितिरिवाजहरु पनि समयसापेक्ष परिमार्जन वा शंशोधन गर्नु अनुचित नहोला। तिहारमा मनाउदै आइरहेको गोरु पुजाको ट्रयाक्टरपूजाले स्थान लिन सक्छ, काग तिहारको स्थान इन्टरनेट तिहारले लिन सक्छ। गाई तिहार पनि सकसपूर्ण हुँदै गइरहेको छ। गाईले बहर पायो भने पाल्नमात्रै धौ धौ हुने भएकोले सडकमा छोड्नेको संख्या बढ्दो छ । तसर्थ या त भैंसी पूजा या त डेरी पूजा गर्ने बेला आइसक्यो । शुरु शुरुमा दीपावली गर्न घीउको बत्ति बालिन्थ्यो, घीउ महंगो हुँदैजाँदा तेलको दीयो बाल्न थालियो । चिल्लोको सकस र बोक्नै झ्याउ हुनथालेपछि मैनबत्तिको चलन आयो । आजभोली त एउटा बटन थिच्नेबितिक्कै पूरै घर झिलिमिल हुने बिजुलीको दीपावली सबैले मौन स्वीकार गरेकै छन् त । यो क्रमिक शंशोधन होइन र संस्कारमा? यसलाई करेन्ट तिहार वा कुलमान तिहार भन्दा के फरक पर्ला? उहिले उहिले दिदीबहिनीको बडि गार्डको रुपमा चिनिने भाइहरुको पुजा गरिन्थ्यो । दिदी बहिनीहरुको घर बिग्रिहालेछ भने पनि भविष्यमा निश्वार्थ पालनपोषण गर्न सक्ने भाइलाई सानै देखि औधी माया गरिने भएकोले भाइपूजानै गरिन थालिएको हुनु पर्छ । अहिलेको आयातित धर्म र ब्यभिचारमा बृद्धिले गर्दा पुराना मान्यताहरु खिइदै गइरहेका छन् । दिदी बहिनी बलात्कृत हुने, दाजुभाइबाटै प्रताडित हुने, वेवास्ता हुने क्रम बढ्दो छ । मन नमिलेको कटुताको अवस्थामा त्यही भाइको पूजा गर्नुको के औचित्य रह्यो र ! मन मिल्ने सहयोगी मन भएको निष्कपट जुनुकैको पनि मित्रपुजा किन शुरु नगर्ने ? रितिरिवाजहरु बाबुबाजे देखिको चलन भन्दै जस्ताको तस्तै मानिरहने हो भने आधुनिक लेखेपढेकाहरुले यसलाई या त वाहियात, अन्धविश्वासी चलन भनिदिन्छन् या त विस्तारै नमनाउन थाल्छन् वा धर्मै परिवर्तन ग¥यो टन्टै साफ ।
यीं रितिरिवाजहरु कसरी शुरु हुँदा रहेछन्, थाहा छ? यो एक प्रकारको चाकडीवाज प्रथा हो । बडाले जे ग¥यो काम हुन्छ त्यो सर्वसम्मत… । जो संग शक्ति छ, धन छ तिनीहरुलाई खुशि पार्न सके स्वार्थ सिद्ध गर्न सकिने मनसायले चाकडी गरिन्छ । सबै चाकडीवाज नराम्रा हुन्छन् भनेको चाहीं होइन । जुन चाकडीबाजमा बहुजन हीताय बहुजन शुखाय हुन्छ त्यसलाई राम्रै मान्नु पर्छ । समाजको हीत वा विकासको लागि कसैले अमूल्य योगदान दिए वा आफ्नो बलिदाननै दिए भने तीं महान ब्यक्तिलाई सम्मान दिनु सबैको परम कर्तब्य हुनजान्छ । सम्मान पनि जहिले पायो त्यहिबेला दिने कुरा नभएर सम्बन्धित् खास तिथीमा स्मरण गर्ने, तिनको मार्ग दर्शन पछ्याउने, उनको सम्झनामा कुनै अविस्मरणीय कार्य गर्नु हो । कुनै सिनेमाको “भैलिनी आइन् आँगन, गुन्यु चोलो मागन् …..” का गीतकार वा संगितकारहरु जब तिहारको बेलामा रेडियो टि.भी.मा उक्त गीत बज्छ, हर्षविभोर भएर सुनिरहन्छन् र उहाँहरुलाई लाग्छ कि आफूले समाजलाई केहि त दिन सकिएछ । अन्जानमा बजाइएको गितमा त सर्जकहरुबाट यस्तो सद्भाव पाइन्छ भने समाजको लागि रितिरिवाज आरम्भ गरीदिने महापुरुषहरुको आत्माले उक्त रितिरिवाजलाई जीवन्त राखिदिने मानिसहरुलाई कति आशिष र कृपा बर्षाइ दिन्छन् होला कल्पना गरौं न ।
राजा प्रताप मल्लकी रानी पुत्रशोकमा विक्षिप्त रहंदा राजाले सारा प्रजालाई “जजस्को घरमा बर्षदिनभित्रमा मान्छेको देहान्त भएको छ, गाइजात्रा निकाली नगर परिक्रमा गर्नु” भनि लगाएको चलन अहिले पनि जीवितै छ । राजाको यो कदम आफ्नी रानीलाई सान्त्वना दिनुमात्र नभएर सारा जनताको बिचारमा मृत्यु शाश्वत शत्य हो भन्ने कुरा महशुस गराउनु थियो । कसैको मृत्यु हुँदा जिवितहरुले पीडा र चिन्तामा नडुबेर आगामी कामहरु सुचारु गर्न अर्ति दिइएको बहुजन हिताय प्रचलन रहेको हुनु पर्दछ ।
त्यस्तै दुर्गामाताको उपासना र शक्ती प्रयोग गरी रामले रावण नामको मानवशत्रुलाई परास्त गर्नु भएको हर्षमा मान्छेहरुले दशैं पर्व नामाकरण गरी रामलाई सम्झिने चलन चलाएको हुनु पर्दछ । संसारमा प्रदूषण यति बढ्न गयो कि दूधदानीमा सेतो पोतेको सुनलाई लुकाएर भन्सार पास गराएजस्तै आफ्नो नामको अघि वा पछि राम शब्द गाँसेर रावण बनेका थुप्रै उदाहरण देख्न पाइन्छन् । चरीत्रवान् ब्यक्तित्वका धनी प्रह्लादलाई मार्न एकमात्र उद्येश्य बोकेका तर आपूmलाई प्रजापालक मान्ने राजा हिरण्यकश्युप आजभोली संघीय सरकार देखि वडा–वडासम्म थुप्रै उम्रिसकेका छन् । प्रह्लादलाई काखमा राखेर आगोले नजल्ने बरदान पाएकी होलीका अग्नी प्रवेश गर्दा दुष्टा जलेर नष्ट भएकी तर सच्चा ब्यक्तिलाई आगोले केहि नगरेको हर्षमा होली पर्व शुरु भयो र प्राकृतिक रंग अबीर खेली नाचगान गरी भगवानप्रति दृढविश्वासको सम्झना गर्दै आएको बुझिन्छ । पार्वतीले आफ्नो पूर्व जुनीका पतिलाईनै पति पाउँ भनि अन्न जल त्यागेर घोर तपस्या गरेको र अथक परीश्रमको फल सार्थक हुन्छ भन्ने सन्देश दिने तीज पर्व अध्यावधिक मनाईदै आएको देखिन्छ । त्यस्तै क्रिसमस डे , भ्यालेन्टाइन डे, रोजा बस्ने, शाकेला, उधौली बिभिन्न प्रकारका चाडपर्वहरुको आ–आफ्नै महत्व रहिआएको देखिन्छ ।
यीं चाडपर्वहरुको बर्तमान स्थिती के छ भनि गौर गरेर हेर्ने हो भने प्रायः सबैजसो कर्मकाण्डीय, आडम्बरीय र औपचारिकताबाहेक केहि बाँकी छैन जस्तो लाग्छ । मैले बिभिन्न पण्डितहरुसामु जिज्ञाशा राख्ने गरेको छु कि गुरुजी, दशैं किन मान्नु पर्छ ? उत्तरमा “यो हाम्रो परम्परा हो, दूर्गाको पूजा गर्दा शक्ति प्राप्त हुन्छ, भगवान खुशी हुन्छन्, हाम्रो हरेक पक्ष राम्रो हुँदै जान्छ, ठूलाबडाको हातको टीका लगाएपछि आशिर्वाद प्राप्त हुन्छ, भगवानलाई मीठाई, धूप दीप मन पर्छ, देवीले महिषासुरलाई मारेको हुनाले खसी, राँगोलाई महिषासुर सम्झी काटेर खानु पर्छ , …… । बिचरा पण्डितनै अन्धकारमा छन् जस्तो लाग्छ । रामको जस्तो आचरण अनुसरण गर्न, लोभ लालच नगरी परोपकारमा जुट्न, मातापिता र गुरुजनको आदर सम्मान गर्न वा त्यस्तै उल्लेखनीय कुराहरु बर्षदिनभरीमा के कति गरीयो दशैमा प्रदर्शनी गर्न कहिं कतै कसैले भन्दैनन् त । भगवान कुनै मान्छे नै होइनन् ता कि उनीहरुलाई खाना खानु, ट्वाइलेट जानु, सुत्नु, अफिस जानु परोस् । जसरी नदी अविरल बगी रहन्छिन्, सूर्यले आफ्नो ताप र प्रकाश सज्जन दुष्ट सबैलाई एकनासले दिइरहन्छ, ठीक त्यसै गरी भगवान कसैले पूजा गरेपनि नगरेपनि कुनै पर्वाह नगरी आफ्नो काममा जुटिरहन्छन् । भगवानले हामीले गर्ने कर्ममा हस्तक्षेप गर्दैनन् अपितु गरेको कर्मको फल दिने काममात्रै गर्दछन् । करेलाको बीउ रोप्ने की हलुवाबेदको त्यो हामीमा छोडिएको हुन्छ तर हामी जे रोप्छौं त्यसको प्रतिफलमात्र भगवानले दिने हो । भगवानको क्षेत्र अदालत जस्तो होइन जहाँ बिभिन्न तरीकाबाट लाभ लिएर हार्नुपर्नेलार्य जिताइदिने र जिताउनु पर्नेलाई हराइदिने होस् । हामीले गरेको कर्मको पूरापूर फल नभोगेसम्म बीचैमा भगवानलाई जति गुहारे पनि केही पाइनेवाला छैैन । आफू अनुकुल काम गरीदिने भगवान नपाएभने भगवानलाई राजिनामा देउ भन्न पनि मिल्दैन ।

भगवानको पूजा गर्ने, चाडवाड मान्ने तरीकानै अनौठो छ हामीहरुको । भगवानले अवलोकन चाँही गरीरहेका हुन्छन् तर केहि भन्दैनन् , केवल फलमात्रै दिने हुन् । भगवान एक निष्पक्ष प्रकिृतीमात्रै हुन् । विज्ञानले पनि न्यम ष्क तजभ क्गउभच ल्बतगचब िएयधभच भनेको छ । एउटा कडा शिक्षकको कक्षामा केहि बिद्यार्थीहरु डरले सीधा शिक्षकतिर हेरीरहेका हुन्छन् तर आँखाको गेडी एताउती घुमीरहेको हुन्छ, “बुझ्यौ?” भनेर सोधेकोबेलामा मुखबाट अनायासै “बुझें सर” भन्ने उत्तर आइरहेको हुन्छ, मन भने तीनलोक चौध भुवन विचरण गरीरहेको हुन्छ, अनि इक्जाममा आलु आउने नै भयो । हाम्रो चाडवाड मान्ने तरीका पनि ठीक एस्तै प्रकारको छ, अनि कसरी हुन्छ त भगवानको पूजा र असल प्रतिफलको प्राप्ती? धूप बाल्यो फोक्सोको सत्यानास, पटाका पड्कायो वायु प्रदूषणले बाहिर निस्कनै सकस, महिना दिन अघिदेदि दर खाएर कुन भगवान हाँसेर गद गद हुन्छन् थाहै छैन । यीं सब बिचौलियाहरुलाई मालामाल पार्ने तरीकामात्रै हुन्, भगवान त उल्टै दुःखिमात्रै हुन्छन् । केमिकलयुक्त अगरबत्ती बनाउने ब्यापारी मालामाल, त्यहाँ काम गर्ने मजदूरको रोजगारी, बट्टा बनाउने कागजका ब्यापारीको ब्यापार बढ्यो, सिन्का बनाउनेको ब्यापार बढ्यो, सामान ओसार्ने गाडिवालाहरुले काम पाए, बैंकरहरुको बैंकमा पैसा जम्मा भयो जुन पैसा अन्यत्र लगानी गरी बैंकर्सहरु पालिए , ..संसार त चल्यो तर असली तिहार गौंण रह्यो । करीब सबै प्रकारका चाडवाडमा केवल ब्यापारै ब्यापार, लुटै लुट, तरकारी खाद्यान्नको भाउ बढेर आकासिएको छ, ऋण काढेर दशैं मानेका छन्, चोरी बढेको छ, रक्सी खाएर दूर्घटना बढाएका छन् , दशैं हो की दशा हो थाहै छैन ।

चाडवाडहरु किन मान्ने? मान्नु जरुरी छ त ? नमान्दा के हुन्छ होला ?
ध्यानमा आस्था छैन भने त्यो ध्यान ध्यानै हुँदैन । दम्पतीहरुबीच विश्वास छैन भने त्यहाँ प्रेम हुँदैन । हामीले कुनै ब्यक्तिलाई गर्ने आस्था बिनाको सम्मानमा स्वार्थमात्र लुकेको देखिन्छ । त्यही आस्थाको नाम भगवान हो । गिताको दशौं अध्याएको श्लोक नं. २० देखि ३८ सम्म भगवानले आफूलाई सबै भूतहरुको आत्मा, अग्नीको ताप, आचार्यहरुमा शुक्राचार्य, ऋषीहरुमा ब्याँस, सिद्धहरुमा कपील, गजराजहरुमा ऐरावत, इन्द्रियहरुमध्येको मन, वेदहरुमा सामवेद, गुप्त राख्नु पर्ने कुरामा मौन इत्यादि सर्वश्रेष्ठ गुणहरु सबै भगवान आफै हुन भन्ने कुरा बताएका छन् भने छुट्टै भगवान कहाँ हुन्छ त? यसैले हामी आफैले आफ्ना सदगुणहरुलाई जगाउने हो भने भगवान त्यहीं प्राप्त हुन्छ । तर हामी भगवानको खोजी नगरी भगवान खुशी पार्ने अभिनयमात्र गर्दछौं जुन कुरा भगवानलाई हास्यास्पदमात्र लाग्छ होला । त्यसो भए चाडवाड नमान्ने की भन्ने आशंका उब्जिएला, तर मान्नु पर्छ । हामीहरु भगवानको उत्कृष्ट सृजना हौं , हामीले राम्रो कुराको सन्देस अघि बढाउन क्रिया गर्नै पर्दछ तर एम.सी.सी. शंशोधन गरेरमात्रै । यथास्थितीमा हाम्रो पहिचान समाप्त हुन्छ । कर्म गर्नु अनिवार्य भएकोले भगवानले पार्थलाई गाण्डिव उठाएर युद्ध गर्न प्रेरीत गरेकै थिए नि जसलाई कर्मसन्यास भनियो ।

दशैंमा टीका थाप्ने र थपाउनेहरुको बीचमा आस्था छैन भने औपचारीकतामात्र शेष रहन्छ । कयाधुले आफ्नो पुत्र प्रह्लादसमक्ष आजीत हुँदै भनिन् – पुत्र! तिमी मेरो लागि भए पनि आफ्नो बाउलाई ‘तपाईं नै भगवान हो’ भनिदेउ न , प्लीज । तर प्रह्लादले शान्त भावमा भने, मम्मी ! तपाई चाहनु हुन्छ कि तपाईंको छोरा मनमा एउटा कुरा राखेर मुखले अर्कै कुरा गरोस् ? यदि तपाईंको चाहनामा यो उचित लाग्छ भने म त्यही गर्छु । तर आत्माले दिंदै नदिने कुरा आफ्नो आत्मासंग म झुट बोल्न सकिराखेको छैन आमा । बिचरा प्रह्लादले नेपाली नेताको संगत गर्न नपाएर समस्या परेको रहेछ । हैन भने जनतालाई एम.सी.सी. यथास्थितीमा पारीत गर्नु घातक छ भनेर विश्वास जित्न खोज्ने, मालिकहरुलाई जसरी पनि यथास्थितीमा पारीत गराईदिन्छौं ढुक्क हुनु्स् भन्नेकुरा गर्ने कला सिकिहाल्थे । यस्ता आदर्शवान् प्रह्लादलाई भगवान नरसिंहले ससम्मान काखमा राखेका थिए । तिहारमा देउसी भैलो खेल्न जाने, भने जति दक्षिणा नपाए झ्यालमा ढुंगा हान्ने, फलपूmलका बोट नष्ट गर्ने, उपद्रव गरेर फर्किने हो भने त्यो रीतिरिवाज मनाउँदा कुन देवी वा देउता प्रशन्न हुन्छन् त? जसरी राजनीतिमा ठग, चोर, ब्यापारी, कमिशनखोरहरुको बाहुल्यता भएर राजनीति फोहोको डुंगुर बनेको छ ठीक त्यही प्रकारले राम्रो सन्देश प्रवाह गर्न चलाइएका चलनहरु बिटुलिइसकेका छन् । वास्तविकताभन्दा पर विकृतीमात्र बाँकी रहेको अवस्थाका रितिरिवाजहरु या त औचित्य समाप्त भइसक्यो या त पूरापूर शंसोधन गरेरमात्रै मनाउनु पर्ने देखियो ।

रितिरिवाजहरुमा शंशोधन ? कसरी सम्भव हुन्छ ?

यो काम गिदी भएका राज्य सञ्चालकहरुले चाहेमा सजिलै गर्न सक्दछन् । अहिले त पद , पैसा र प्रतिष्ठा सजिलै कमाउने सबैभन्दा सजिलो ब्यापारनै राजनितीलाई मानेकाहरुले आफ्नो खुट्टामा बञ्चरो हान्नेछैनन् । कालान्तरमा असल राजनेताहरु फेला परेको बेलामा कसैले यो सुत्र कानमा सुनाइदिने हो भने बाँकी कुरा बुझिहाल्नेछन् । स्वस्थ्य संस्कृतिको विकासले राष्ट्रभक्ति जन्मिन्छ र राष्ट्रभक्तिले मुलुक सहजै उन्नती र विकासपथमा लम्किन्छ । उदाहरणको लागि ः चाइनिजहरु आफूहरु तास खेल्दैनन् तर नेपालको बजारमा तास निकाशी गरेर बर्षेनी पच्चिस करोडभन्दा बढी नगद उता लैजान्छन् । पच्चिस करोडको तास किनेर नेपालीहरु पच्चिस अर्वको सम्पत्ती स्वाहा पार्छन् । सरकारले तास आयात र उत्पादनमा प्रतिबन्ध लगाउने हो भने कति जना चिन्ताले मर्छन् होला त? पच्चिस करोड त बच्यो नि ! त्यो पैसाले २५ जना हुनेवाला मन्त्रीहरुको लागि आलिसान गाडी किन्न बजेट पुग्छ । त्यस्तै पेट भर्ने र शक्ति दिने अन्नलाई कुहाएर ाभचmभलतबतष्यल गरी बनाइएको रक्सिले कलेजो बिग्रिन्छ, घरमा भाँडभैलो हुन्छ, साथी साथीहरुबीच काटमार हुन्छ, आयु छोटिन्छ भन्ने कुरा कसैलाई थाहा नभएको हो र? समाजमा शुखशान्ति कायम गर्न, जनताको स्वाथ्य बिग्रिन नदिन, खाद्यान्न समस्या कम गर्न रक्सि उत्पादन र आयातमा पूर्ण प्रतिबन्ध लगाउने हो भने कति जना नेता वा जनता आत्महत्या गर्छन् होला? गर्छन् भने गरुन्, देश विकास गर्न सहज हुन्छ । आरक्षणको प्रथा हटाएर देशका उत्किृष्ट उत्पादनहरुलाई उत्कृष्ट सुविधा दिंदै शिक्षक बनाइदिने हो भने जनताका छोराछोरीहरुले उत्कृष्ट संस्कार र सीप भेट्थे । अनि त्यस्ता उत्पादनहरु खाडिमा भास्सिन्छन कि आफ्नो देश बनाउँछन् होला? हाम्रोजस्तो सर्वस्रोत सम्पन्न मुलुकलाई स्वर्ग बनाउन रत्तिभर समय लाग्दैन । तर यस्तो हुनेवाला छैन । एकचोटी एउटा शुँगुरलाई स्वर्ग पठाइएछ, दुई दिनमै सुँगुरलाई स्वर्ग मन पर्नै छोडेछ । कारण थियो उसलाई मन पर्ने पदार्थ त्यहा नपाईंदो रहेछ । त्यसैले उपचारमा १८ करोड खर्चको बिल पेश गर्न पाइने, सुरा सुन्दरीको मस्ति गर्न पाइने, सरकारी खर्चमा भोज भतेर र विदेशी शयर गर्न पाइने, अर्कालाई होच्याएर मज्जा लिन पाइने, भ्रष्ट्राचार गरी अकूत कमाएर विदेशी बैंकहरुमा धन थुपार्न पल्केकाहरु पसीना बगाई निर्मल इज्जतदार समाजमा बस्न किन रुचाउँथे र ! भन्ने हो भने यो दूर्गतीको कारक नै हामै्र अगुवाहरुमात्रै हुन् जो सकारात्मक संस्कारको ढोकाभित्र छिर्न नदिन यमदूत झैं खडा छन्।

त्यसो भए संस्कार परविर्तन पूरै असम्भव हो त? त्यो पनि ठ्याक्कै नभनि हालौं। पर भीरमा फक्रिरहेको एउटैमात्र फूलको सुन्दरता बेग्लै देखिन्छ । समाजमा रहेका एक आध सज्जन र हिम्मतवाला ब्यक्तिहरुले सकारात्मक परिवर्तन गर्ने आशय राखी मन मिल्ने २,४ जना साथमा लिएर शंशोधित संस्कारहरुको शुरुआत गर्ने हो भने शुरुमा त सबै हाँस्ने छन्, बौलाएछ भन्नेछन्, तर बिस्तारै सत्यले आफ्नो रंग देखाउन थाल्ने छ । अन्तमा सबैले राम्रो कुरा नअंगाली सुखै छैन ।

त्यसो भए कस्ता कस्ता संस्कारहरुमा के कस्तो शंशोधन गर्नु उचित होला त ?

यस्को उपाय त छ तर बताउने कस्लाई? सुन्ने र मान्ने कस्ले? फाष्ट फुड खान पल्केकाहरु लामो लेख पढ्नै रुचाउँदैनन् । जीम गएको भोली पल्टै सलमान खानकोजस्तो बडी बनोस् भन्ने चाहन्छन् । त्यसैले मनन् गर्न , पढ्न, सकारात्मक परीवर्तनको लागि योजना बनाउन र कार्यान्वयन गर्न समय त लाग्छ नै । सम्पूर्ण विकृती र संस्कारको जड भनेकै मन हो । यो मन बाँदरजस्तै चञ्चल हुन्छ । यो मन वर्तमानकालमा टिक्दै टिक्दैन, कि भूतकालमा विचरण गरीरहन्छ, कि भविष्यमा गैहाल्छ । यो बस्तु होइन जसलाई समातेर बाँधेर एक ठाउँमा राख्न सकियोस् । बितिसकेको भूत र आउँदै नआइसकेको भविष्यले हामीलाई आनन्द दिंदैन, केवल दुखमात्र दिन्छ भनेर गिताको अध्याए २ को श्लोक ११ मा “……, गताशुनगताशुश्च नानु शोचन्ती पण्डिता” भनि बताइएको छ । सुखि हुनको लागि वर्तमानमा बाँदर–मनलाई अड्याउने काइदा भनेको ध्याननै हो । त्यसैले हरेक ब्यक्तिले कम्तिमा १० मिनेट बिहानबेलुका ध्यान गर्नै पर्दछ त्यो पनि नियमानुसार । बिहान बेलुका दैनिक १।१ घण्टा ध्यान गर्नेलाईमात्रै बिधायक वा साँसद बनाउने हो भने देशको सीमारक्षा पनि हुन्छ, कालापानी क्षेत्रको जनगणना गर्न भारतलाई सोध्न पनि पर्दैन, विदेसीकालागि नभएर नेपाली जनताको लागि कम्फरकटेबल सरकार बन्नसक्छ । अनि पाठ्यक्रममा ध्यान पनि समावेस हुन्छ ।

डलरको खाँतीर जति धर्म परिवर्तन् गर्न मन लाग्छ गर्दा हुन्छ तर जति गहनतम् ध्यान गर्ने बानि छ त्यति उच्चतम् विधि निर्माणको क्षेत्रमा लगाउने हो भने मुलुकमा केवल जनहीतकोमात्र नियम कानून बन्दछ । जनताले नपत्याए पनि समानुपातिक भन्ने चोरबाटोबाट घुसपैठ गर्दै गराउँदै बेसुमार कमाउनेहरुले जनहीतको काम गर्दैनन। ८०मा पेट्रोल किनेर रु.१०० मा बेचे पनि हुने नि ! , रु.१३७ ठटाउनेहरु त जीउँदो माछा बेच्ने पसले सरह हुन् । यस्तो कार्यमा संलग्न आयल निगमका कर्मचारीहरु, कमिशन खुवाइनुपर्ने राष्ट्रसेवकहरु र बिधायकहरु, टुलुटुलु हेरेर बस्ने जनता भनाउँदाहरु कोहि कसैले जिन्दगीमा कहिल्यै ध्यान गर्दैनन् जस्तो लाग्दछ । हाम्रा संस्किृतीमा हुने विकृतिहरुको जड भनेको देशको नीति प्रमुख हो। जनताभन्दा ब्यापारी र बिचौलियाहरुलाई माया गर्ने सिष्टमले संस्कृतिको ८० प्रतिशत हिस्सा बिगारेको छ ।

पन्ध्र प्रतिशतजति संस्कृति बिगार्नेहरु पढेलेखेका विद्वानहरु, बाबुराम एण्ड कम्पनीजस्ता डाक्टरसाबहरु, धनाढ्य ब्यक्तिहरु, शिक्षकहरु, धर्मगुरुहरुनै पर्दछन् । नेपालमा भविष्य नदेख्ने, विदेशी संस्कृति रहनशहन र भेष भुषा र भाषालाई आफ्नी आमाभन्दा बढी माया र भरोसा गर्नेहरुले हाम्रो संस्कृती बिगारेका छन् । समाजका अगुवाहरुले गरेको काम अरुले पच्छ्उयाने नै भए । डि.भी.प¥यो भन्दै सचीव पदसम्म तिलाञ्जली दिएर अमेरिका जान गर्व गर्नेहरु, मेरो छोरोले उनन्चालिस रुपियाँ भनेको कति हो ममी भनेर हसाउँछ, नेपालीनै आउँदैन भन्दै गर्व गर्नेहरुले संस्कृति जोगाउँदैनन् अपितु रसातलमा पु¥याउँछन् । हिन्दु धर्ममा भाई बुहारी छुनै नपाइने तर बिदेशी धर्ममा मन परेकालाई चुम्बननै गर्न पाइने भएपछि आकासमा उड्न छाडेर जेलमा को बसिरहन्छ? विदेशी संस्कृतीको ओरालोमा हिंड्दा आनन्द मान्नेहरु नियम कानून र अनुशाशनको उकालो हिंड्न गाह्रो मान्ने नै भए । क्रमशः हाम्रो संस्कृतिको मूल्य मान्यता खस्किंदै गयो ।

पाँच प्रतिशत तर सबैभन्दा महत्वपूण पाटो हामी आफै पनि हौं संस्कृति कुरुप हुन दिने । पटाका किन किनेको छोरोलाई? भनेर कसैले सोध्यो भने अरुले पड्काएको देखेर छोरोले मान्दै मानेन भनेर आमा भन्छिन् । रंगको सट्टामा मोबिल वा फोहोर पानी छ्यापेको देखेर बा आमालाई सोध्ने हो भने आजभोलीका केटाकेटी, भनेकै मान्दैनन् भनेर पन्छिन खोज्छन् । पोखिन नदिनु भनेको संरक्षण गर्नु हो नि । नपोखिन सजग रहने, आफ्ना छोरा छोरीलाई सानै देखि संस्कारमा बसाल्ने, गल्ती गर्दा सम्झाउने दण्ड दिने काममा अल्छी गर्नेहरुलाईनै संस्कृती बिगार्ने कारक मान्नु पर्छ ।

घरघरमा जमरा नराखि सामुहिक स्थानमा देवी स्थापना गरी दैनिक भजन कीर्तन गर्ने, देवी वा रामको जस्तो कामको अनुसरण हामी के कति गर्न सक्छौं भन्ने कुराको उत्कृष्ट वक्ताहरुद्वारा प्रवचन दिलाउने, अन्तिम् दिनमा टिका थाप्न इच्छुक प्रत्येक घरका मान्छेलाई हाँजीरै लगाएर त्यो प्रवचन नौ दिनसम्मै सुन्न लगाउने, सुन्न नआउने कर्मचारीलाई दशैं भत्ता नदिने, अन्यलाई सूपथमूल्य पसलको सुविधा नदिने, समाजका सबै ब्यक्तिहरुले बर्ष दिनभरी गरेका राम्रो कामको डिस्प्ले कार्ड बनाई दशैंभरी प्रदर्शनीमा राख्ने र पुरस्कृत गर्ने तर खराब आचरण भएका मानिसहरुको पनि गरेका कुकृत्यको फोटो सहित सार्वजनिक स्थलमा राखेर महिषासुरको संज्ञा दिने हो भने खराब चरीत्रहरुको छिटै सत्यानास हुन्छ ।

यसरी बिभिन्न रितिरिवाजहरुमा के कस्ता विकृतिहरु छन् विज्ञहरुलाई अध्ययन गर्न लगाई (प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गतै भए पनि) कसरी मनाउने भन्ने सुझावहरु संकलन गर्ने हो भने नयाँ नेपालको नयाँ काइदा, सबैलाई फाइदै फाइदा हुने थियो । बिरालोको घाँटीमा घण्टी झुण्ड्याउनु जत्तिको गाह्रो लाग्छ भने के गर्नु र खोई ? तिमी हाँस भो म बसुंला रोई … । सबै चुरोट खानेहरुलाई र शराबीहरुलाई “तपाईको अम्मलका फाइदाहरु के के हुन्?” भनि सोध्ने हो भने “फाइदा त केही छैन, बेफाइदै बेफाइदामात्रै छन्” भनिरहने तर अम्मल चाहीं सेवन गरीरहने समाजमा भगवान स्वयं आएर संस्कार बदली दिएत हो ! नत्र अर्को जुरासिक पेरियडपछिको युगमा भने सम्भव होला कि !

प्रतिक्रिया
सम्बन्धित समाचार
© 2021 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend