१७ मंसिर २०७८, शुक्रबार

चीनले अफगानिस्तान पठायाे सहायता सामाग्री

लेखाजोखा न्यूज

६ मंसिर २०७८, सोमबार ६:०२

एजेन्सी । चीनले अफगानिस्तानलाई मानवीय सहायतासम्बन्धी सामग्री पठाएको छ । चिसो मौसमका लागि भन्दै चीनले यस्ता सामग्री पठाएको हो । यी सामग्रीहरु लिएर उत्तरी चीनको होग्रोस बन्दरगाहबाट आइतबार एक रेल अफगानिस्तानतर्फ लागेको हो । सो रेल सोमबार अफगानिस्तान पुग्ने बताइएको छ ।

अफगानिस्तानका लागि सो रेलमा करिब एक हजार टन सामग्री पठाइएको चिनियाँ अधिकारीले जनाएका छन् । ती अधिकारीका अनुसार चीनले विगतदेखि अफगानिस्तानलाई सहयोग गर्दै आएको छ । यी सामग्रीहरुमा खाद्यान्न र लत्ता कपडा रहेका छन् । जाडो मौसमका लागि जाडो कपडा पठाइएको छ भने केही आधारभूत औषधिहरु पनि त्यहाँ पठाइएको समाचारमा जनाइएको छ ।

चीनले गएको जुन महिनाको अन्त्यदेखि नियमित रुपमा चीनलाई सहयोग सामग्री पठाएको छ । चिनियाँ अधिकारीले त्यसयता अफगानिस्तानका लागि २ हजार ६०० टन यस्ता सामग्री पठाएको जनाएको छ । अफगानिस्तानका तालिबानहरुले सशस्त्र विद्रोह गरेर यहाँको सरकारलाई विस्थापित गरेका थिए । त्यसयता यहाँका नागरिकलाई मानवीय सहयताको आवश्यकता परेको बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
© 2021 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend