१७ मंसिर २०७८, शुक्रबार

कांग्रेस प्रदेश अधिवेशनको मतपरिणाम : कहाँ कस्ले मारे बाजी ?

लेखाजोखा न्यूज

४ मंसिर २०७८, शनिबार ९:५०
congress

काठमाडौं। नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत प्रदेश अधिवेशनको मत परिणाम सार्वजनिक हुन थालेको छ ।

काठमाडौं : नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं २ को प्रदेश ‘क’ को सभापतिमा धुव्र अधिकारी र प्रदेश ‘ख’ को सभापतिमा उद्धव खड्का विजयी भएका छन।

पार्टीको १४ औँ महाधिवेशनअन्तर्गत शुक्रबार सम्पन्न प्रदेशसभा अधिवेशनमा क्रमशः अधिकारी र खड्का सभापतिमा निर्वाचित भएका हुन । प्रदेशसभा ‘क’ को उपसभापतिमा प्रमोद सञ्जेल र मधु पन्थी, सचिवमा भरतबहादुर खड्का र सरोजा सापकोटा तथा सहसचिवमा चोपराज कोइराला र सुजन रेग्मी विजयी भएका छन ।

प्रदेशसभा ‘ख’ को उपसभापतिमा प्रकाश स्याङ्बो र सहदेव कार्की, सचिवमा कुमार खतिवडा र आशिष तामाङ तथा सहसचिवमा निरज खड्का र रुपक बस्ताकोटी विजयी भए ।

यसअघि काठमाडौँको १३८ वडा र ११ स्थानीय तहमा कांग्रेसको अधिवेशन सम्पन्न भइसकेको छ । काठमाडौँमा एक महानगरपालिका र १० नगरपालिका रहेका छन।

यस्तै, काठमाडौँमा आगामी मङ्सिर ६ गते क्षेत्रीय अधिवेशन र १० गते जिल्ला अधिवेशन हुँदै छ । कांग्रेसले आगामी मङ्सिर १६ र १७ गते प्रदेश अधिवेशन तथा मङ्सिर २४ देखि २६ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका रहेको छ ।

तनहुँ :

१४औं महाधिवेशन अन्र्तगत तनहुँमा भएको अधिवेशनमा चार प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन भएको छ । तीन वटा प्रदेशसभा क्षेत्रमा निर्वाचनबाट र एउटा प्रदेशसभा क्षेत्रमा सर्वसम्मत रुपमा नेतृत्व चयन भएको हो ।

तनहुँ क्षेत्र नम्बर १ (क), (ख), तनहुँ क्षेत्र नम्बर २ (क) मा निर्वाचन भएको हो भने तनहुँ क्षेत्र नम्बर २ (ख) मा सर्वसम्मत नेतृत्व चयन भएको छ । निर्वाचन भएका तीन वटा क्षेत्रमा शनिबार मतगणना सकिएको छ । नेपाली कांग्रेस तनहुँ क्षेत्र नम्बर १ (क) को सभापतिमा विश्वेश्वर खनाल निर्वाचित भएका छन । आज बिहान सम्पन्न मतगणनाअनुसार २९० मत प्राप्त गर्दै खनाल सभापतिमा निर्वाचित भएका हुन। उनका प्रतिस्पर्धी शेष मोहम्मद हनिफ (गोरा मियाँ )ले २१६ मत प्राप्त गरेका छन ।

यसैगरी उपसभापतिमा बलबहादुर पोखरेल, राजु खड्का, सचिवमा इश्वरप्रसाद पौडेल र हरिप्रसाद ढकाल, सहसचिवमा माधव न्यौपाने र मिनबहादुर गुरुङ निर्वाचित भएका छन । प्रदेश प्रतिनिधिमा कमल पण्डित, चिरञ्जीवी अधिकारी, ज्योति श्रेष्ठ, तुलसीराम सापकोटा, बाबुराम बगाले, सुरेश थापा, हरिदत्त पौडेल, एजिला ढकाल, कान्छीमाया तामाङ, तीर्थमाया पौडेल, ओजराज पौडेल, विद्या जिसी, अमर गुरुङ, मनिलाल श्रेष्ठ, केशकुमारी राना मगर र बुद्धकुमार परियार विजयी भए ।

तनहुँ क्षेत्र नम्बर १ (ख)को सभापतिमा काजीमान श्रेष्ठ निर्वाचित भएका छन । आज बिहान सकिएको मतपरिणाम अनुसार २२० मत प्राप्त गरी श्रेष्ठ सभापतिमा विजयी भए। उनका प्रतिस्पर्धी राजेन्द्र पियाँले १५४ मत प्राप्त गरेका छन ।

उपसभापतिमा बाबुराम श्रेष्ठ २२५ मत र राधादेवी खनाल १९० मत प्राप्त गरी विजयी भएका छन । सचिवमा लक्ष्मीकान्त मिश्र १९६ मत र हरिशरण खनाल १८४ मत प्राप्त गरी विजयी भएका हुन । सहसचिवमा गोपाल थापा २२४ मत र राजु पौडेल १८२ मत प्राप्त गरी विजयी भए ।

प्रदेश प्रतिनिधिमा पवित्रा गौली, विद्या खनाल, शान्ता बास्तोला, कर्णबहादुर गुरुङ, निमबहादुर मगर, प्रेमबहादुर गुरुङ, सुवास अधिकारी, मदन पण्डित, तुलक कैनी, गिरबहादुर थापा, महेश भट्टराई, पन्चमाया गुरुङ, विमला थापा, तम बहादुर दरै, बिपीन गुरुङ, अमृत नेपाली र चित्तबहादुर थापा विजयी भएका छन ।

तनहुँ २ ९क० को सभापतिमा जितराज राना विजयी भए । आज बिहान सकिएको मत परिणाम अनुसार राना सभापतिमा विजयी हुनुभएको हो । पदाधिकारी तथा प्रदेश प्रतिनिधिमा पनि रानाको प्यानल विजयी भएको छ ।

रानाले २३८ मत प्राप्त गरेका छन भने प्रतिस्पर्धी हिराबहादुर थापाले १८१ मत प्राप्त गरे । उपसभापतिमा पशुपति क्षेत्री (२२९) र रेशमलाल पौडेल (२४६) विजयी भएका छन ।

सचिवमा राजेशकुमार श्रेष्ठ (२४४) र हरि भण्डारी (२२४) विजयी भएका छन । सहसचिवमा केशबहादुर थापा (२३६) र मुक्तिप्रसाद सापकोटा (२२६) विजयी भए ।

प्रदेश प्रतिनिधिमा तुलबहादुर गुरुङ, रविचन्द्र पौडेल, लोकेन्द्र थापा, श्रीबहादुर थापा, शिवबहादुर आले, शिवशरण वाग्ले र समुन्द्रराम श्रेष्ठ मत प्राप्त गरी विजयी भए। यसैगरी बासना श्रेष्ठ, बिना खनाल र सुलोचना गौतम मत प्राप्त गरी विजयी भएका छन । यसैगरी जुक्तराज वाग्ले, निशादेवी पौडेल, अन्जनकुमार श्रेष्ठ, हीरालाल गुरुङ, सीता कुमाल, डोलबहादुर सुनार निर पुनः गरी विजयी भएका छन।

तनहुँ क्षेत्र नम्बर २ प्रदेश (ख) को सभापतिमा इन्द्रबहादुर आले निर्विरोध निर्वाचित हुनुभएको छ । दुई उपसभापतिमा इमानसिंह थापा र आनन्ददेव श्रेष्ठ निर्विरोध निर्वाचित भए । सचिवमा सुशील कुमार श्रेष्ठ र अशोक गिरी, सहसचिवमा चुननारायण श्रेष्ठ र माधव लम्साल निर्विरोध निर्वाचित भएका छन ।

यसैगरी प्रदेश अधिवेशन प्रतिनिधिमा विष्णुविर थापा, नारायणप्रसाद भट्टराई, ध्रुवकुमार श्रेष्ठ, सीता कुमाल, मदन थापा, मीरा आले थापा, श्रीराम आले, मथुराकृष्ण श्रेष्ठ, राजेन्द्र अर्याल, भविसरा आले, विजयराज सुवेदी, पदमबहादुर थापा, तिलिसिरा थापा, रोमाया थापा, प्रभात आले, कुलबहादुर सुनार र चिनबहादुर आले निर्विरोध निर्वाचित भएका छन ।

स्याङ्जा : कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत स्याङ्जाका चारवटै प्रदेशसभामा सभापतिसहितको पदाधिकारी निर्वाचित भएका छन ।

शुक्रबार सम्पन्न अधिवेशनबाट स्याङ्जा क्षेत्र नं १ प्रदेशसभा क को सभापतिमा केशरबहादुर खाँण (ध्रुब), ख मा प्रकाश तिवारी, २ को क मा अर्जुनप्रसाद खनाल र ख मा महेश भट्टराई निर्वाचित भएका हुन । स्याङ्जा २ क मा अर्जुनप्रसाद खनाल ३२७ मतसहित विजयी भएका छन । उनका प्रतिस्पर्धी विद्या श्रेष्ठले २५१ मत प्राप्त गरे । त्यस्तै उपसभापतिमा कुलबहादुर गुरुङ, भविश्वर कोइराला, सचिवमा डण्डापानी पङ्गेनी, अमृत अर्याल, सहसचिवमा दिक्षान्तप्रताप खाँण, बोधराज कुँवर निर्वाचित भएका छन। कूल ५९८ मतदाता रहेकोमा ५९३ मत खसेको थियो ।

त्यसैगरी २ ख मा महेश भट्टराई विजयी भएका छन । भट्टराईले ३८२ मतसहित विजयी हुँदा उनका प्रतिस्पर्धी कमलप्रसाद रेग्मीले १७४ मत प्राप्त गरे । उपसभापतिमा सर्वसम्मतबाट टीकाराम तिवारी र खगीसरा आले निर्वाचित भए । सचिवमा निर्वाचनबाट गोकर्णप्रसाद भट्टराई, रमेश बस्याल, सहसचिवमा विश्वप्रकाश भट्टराई र माया भट्टराई निर्वाचित भएका छन।

झापा : नेपाली कांग्रेस झापा क्षेत्र नं १ को प्रदेश ‘क’को सभापति पदमा हरि बुढाथोकी र ‘ख’को सभापति पदमा सन्तोष न्यौपाने निर्वाचित भएका छन । झापामा प्रतिनिधिसभाको पाँच वटा र प्रदेश सभाको १० वटा निर्वाचन क्षेत्र छन । जसमध्ये सबै प्रदेश क्षेत्रको निर्वाचन परिणाम शुक्रबार राति आइसकेको छ ।

नेपाली कांग्रेस झापाको प्रचार विभागका प्रमुख कृष्ण हुमागाईका अनुसार क्षेत्र नं २ को प्रदेश ‘क’को सभापतिमा लक्ष्मी आचार्य र ‘ख’को सभापतिमा किरण श्रेष्ठ निर्वाचित भए । क्षेत्र नं ३ को प्रदेश ‘क’ र ‘ख’को सभापतिमा क्रमशः चिन्तामणि खरेल र तुलसीप्रसाद ओली निर्वाचित भएका छन।

क्षेत्र नं ४ को प्रदेश ‘क’ र ‘ख’को चुनावी नतिजाअनुसार सभापतिमा पदमा क्रमशः विनोद ढकाल र ख्याम सिटौला निर्वाचित भए। त्यसैगरी, क्षेत्र नं ५ को प्रदेश ‘क’ को सभापतिमा जीवनकुमार राई र प्रदेश ‘ख’को सभापतिमा रवि न्यौपाने विजयी भएका छन ।

इलाम : इलाममा भएको अधिवेशनमा प्रदेशसभा २ ९क० को सभापति पदमा गोपाल चौहान निर्वाचित भएका छन। उनी २२९ मतसहित विजयी बने । आज बिहान सम्पन्न मत परिणामअनुसार उनका निकटतम प्रतिस्पर्धी राजेन्द्र बाँस्तोलाले १६० प्राप्त गरेका छन।

त्यस्तै उपसभापति पदमा विष्णु सुब्बा र मनकुमार गुरुङ विजयी भए । उनीहरुले क्रमशः २४४ र २३५ मत प्राप्त गरे । त्यस्तै सचिवमा श्री विष्ट र दीपेश खत्री विजयी भएका छन । उनीहरुले क्रमशः २६७ र २२४ मत प्राप्त गरेका छन। सहसचिव पदमा राजेन्द्र पौडेल (रिकी) र सूर्यबहादुर कार्की विजयी भएका छन । उनीहरुले क्रमशः २७० र २५६ मत प्राप्त गरे । जिल्लाका अन्य स्थानको समेत मत परिणाम आइसकेको छैन । अन्य स्थानको भने मत गणना भइरहेको छ ।

म्याग्दी : नेपाली कांग्रेस म्याग्दीका उपसभापति लगायत पदाधिकारी मतदानबाट चुनिएका छन । जिल्ला सदरमुकाम बेनीमा भएको सातौँ जिल्ला अधिवेशनमा जिल्ला सभापतिमा खमबहादुर गर्बुजा (खम्बिर) निर्विरोध भए पनि उपसभापति, सचिव, सहसचिव, सदस्य र महाधिवेशन प्रतिनिधिका लागि बिहीबार मतदान भएको थियो ।

शनिबार बिहानसम्म सार्वजनिक भएको मतपरिणाम अनुसार उपसभापतिमा हरिकुमार श्रेष्ठ र कर्णबहादुर भण्डारी (केबी), सचिमा हीराबहादुर पुन र भरत रकाल, सहसचिवमा श्रीराम पौडेल र धु्रुवराज कार्की निर्वाचिन भएको निर्बाचन अधिकृत निरञ्जन राजभण्डारीले बताएका छन।

४५ वटा वडाको अधिवेशनबाट चयन भएका ७३५ जना प्रतिनिधिमध्ये ७१२ जनाले मतदान गरेका थिए । उपसभापतिमा विजयी बेनी नगरपालिकाका प्रमुखसमेत रहेका श्रेष्ठले ३५४ र भण्डारीले ३७९ मत प्राप्त गरेका छन।

सचिवमा निर्वाचित पुनले ३६९ र रकालले ३५७ मत प्राप्त प्राप्त गरे । सहसचिवमा निर्वाचित कार्कीले ४०५ र पौडेलले ३८७ मत ल्याउँदा अर्का प्रत्यासी कमल उपाध्यायले २३१ मत पाए । सदस्य र महाधिवेशन प्रतिनिधिको अन्तिम मत परिणाम सार्वजनिक भइसकेको छैन । खम्बिर गर्बुजा लगातार दोस्रो कार्यकालका लागि कांग्रेसको जिल्ला सभापति निर्विरोध निर्वाचित भएका छन । बेलायती गोर्खा सैनिकका सेवानिवृत्त गर्बुजा विसं २०७० र २०७४ को संसदीय निर्वाचनमा नेपाली कांग्रेसबाट उम्मेदवार बनेर पराजित भएका थिए।

दमौलीःनेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत तनहुँका दुई प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन भएको छ । एउटामा मतदानमार्फत र अर्कोमा निर्विरोध नेतृत्व चयन भएको हो ।

रामपुर (पाल्पा): नेपाली काँग्रेस पाल्पा क्षेत्र नं १ प्रदेश (क) को सभापतिमा रामबहादुर राना निर्विरोध चयन भएका छन । काँग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत शुक्रबार रामपुरमा भएको प्रदेश निर्वाचन क्षेत्रको अधिवेशनले राना सभापतिमा निर्विरोध निर्वाचित भएका हुन ।

उपसभापतिमा गोविन्दप्रसाद अर्याल (गोपाल) र भीमबहादुर सिंह ठकुरी (कृष्ण सिं), सचिवमा भेषराज पोखरेल र दानबहादुर हिस्की, सहसचिवमा घनश्याम ढुङ्गाना र पिताम्बर राना, खुल्ला सदस्यमा अम्बर गाहा र दोवराज तिवारी, महिला सदस्यमा भगवतीदेवी खनाल निर्विरोध चयन भएका छन।

अधिवेशनमार्फत १७ जना प्रदेश प्रतिनिधिसमेत चयन भएका छन। खुल्लातर्फ उमनाथ अर्याल, किशोर पङ्गेनी, भोजराज भट्टराई, रुद्रप्रसाद अधिकारी, विजय शर्मा अर्याल, शङ्करबहादुर खाँण र श्यामकान्त खनाल निर्वाचित भएका निर्वाचन अधिकृत बालकृष्ण लम्सालले जानकारी दिए ।

त्यस्तै खुल्ला महिलातर्फ कृष्णा शाही ठकुरी, शशीकुमारी जिसी र शारदा आचार्य, खस आर्यमा अरुणकुमार काफ्ले, जनजाति खुल्लामा गगन सिं सोती र छमबहादुर दरैं, जनजाति महिलामा जमुना राना र बालकुमारी थापा, दलिततर्फ कृष्णबहादुर दर्जी, अल्पसङ्ख्यकमा समसुलहक मियाँ निर्विरोध चयन भएका छन।

तुलसीपुर : दाङमा काँग्रेसका नौ जना प्रदेश महाधिवेशन प्रतिनिधि निर्विरोध निर्वाचित भएका छन। शुक्रबार भएको मनोनयन दर्ता पश्चात नौ जना निर्विरोध निर्वाचित भएका हुन । जसमा निर्वाचन क्षेत्र ३ को (क)बाट चूर्णबहादुर चौधरी निर्विरोध भएका छन।

त्यस्तै निर्वाचन क्षेत्र ३ (ख) मा थारुतर्फकै मधु चौधरी, आदिवासी जनजातितर्फबाट निर्वाचन क्षेत्र २ (क) मा ध्रुवकुमार पुन, खसआर्यतर्फ मनोज बुढाथोकी र दलिततर्फ केशव नेपाली निर्विरोध निर्वाचित भएका छन। त्यस्तै मुस्लिमतर्फका प्रदेश महाधिवेशन प्रतिनिधिमा सिमु शिद्धिकी निर्विरोध निर्वाचित भएका छन। उनी क्षेत्र २ (ख) अन्तर्गत छन ।

खस आर्यतर्फबाटै निर्वाचन क्षेत्र १ को (ख) बाट पुरुष तर्फका घनश्याम केसी र महिलातर्फका बीना न्यौपाने निर्विरोध निर्वाचित भएका छन। अन्य पदमा भने निर्वाचन हुने छ । निर्वाचन शनिबार बिहान ९ बजेदेखि तोकिएको छ ।

कास्की : सत्तारुढ नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत कास्की प्रदेशसभाका ६ निर्वाचन क्षेत्रमा शुक्रबार मतदानबाट नेतृत्व चयन गरिएको छ ।

प्रदेश निर्वाचन क्षेत्रको पदाधिकारीसहित प्रदेश प्रतिनिधिका लागि भएको निर्वाचनको अबेर सम्पन्न मतगणनाबाट कास्की निर्वाचन क्षेत्र नं १ (क)मा दुर्गाप्रसाद सुवेदी सभापतिमा निर्वाचित भए। यसैगरी १ को (ख)बाट कृष्णप्रसाद कोइराला निर्वाचित हुनुभएको कास्की कांग्रेसले जनाएको छ ।

क्षेत्र नं २ को (क)बाट दिनेश आचार्य सभापतिमा विजयी भए । उपसभापतिमा माधवप्रसाद बराल र चेतबहादुर महत, सचिवमा टङ्कप्रसाद भण्डारी र नारायणप्रसाद शर्मा निर्वाचित भएका छन। यसैगरी क्षेत्र नं २ को (ख)बाट दीपेन्द्र मर्सानी सभापति निर्वाचित भए । उपसभापतिमा सरिता पराजुली र होमबहादुर बानियाँ, सचिव सुवर्ण केसी र शिरषकुमार बास्तोला, सहसचिवद्वयमा निलम बाटाजु र सुरेश खवास निर्वाचित भए ।

कास्की क्षेत्र नम्बर ३ को (क)बाट पुष्पेन्द्र पाण्डेले दीपकराज पौडेललाई पराजित गर्दै सभापतिमा निर्वाचित भएका छन । उपसभापतिमा मोतिराज तिमिल्सिना र दिलीप गिरी, सचिवमा गङ्गाबहादुर गुरुङ र प्रकाश सापकोटा र सहसचिवमा अनिल गुरुङ र विष्णुप्रसाद अधिकारी निर्वाचित भए ।

क्षेत्र नं ३ को (ख)बाट जीवनाथ पौडेल निर्वाचित भएका छन। प्रदेश अधिवेशनबाट सभापति र उपसभापति, सचिव र सहसचिव दुई-दुई जना निर्वाचित भएको जनाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
© 2021 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend