१७ मंसिर २०७८, शुक्रबार

बाँके कांग्रेसमा उथलपुथल, संस्थापन पक्षले यसरी मार्‍यो बाजी

लेखाजोखा न्यूज

३ मंसिर २०७८, शुक्रबार ३:११

नेपालगन्ज। नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत बाँकेका ८ वटा स्थानीय तहमध्ये ४ वटामा संस्थापन पक्षले बाजी मारेको छ ।

बाँकेका ८ स्थानीय तहमध्ये ४ वटामा संस्थापन पक्षले कब्जा जमाएको हो। नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत हालसम्म बाँकेका ४ वटा स्थानीय तह (गाउँपालिका र नगरपालिका)मा संस्थापन पक्षले जीत निकाल्दै वर्चश्व कायम गरेको हो । संस्थापन पक्षले नेपालगन्ज उपमहानगरपालिका, बैजनाथ गाउँपालिका, खजुरा गाउँपालिका र जानकी गाउँपालिकामा बाजी मारेको छ ।

बाँकेका कुल ८ वटा पालिका मध्ये संस्थापन इतर पक्षले नरैनापुर र डुडुवा गाउँपालिका मात्र नेतृत्व लिन सफल भएको छ भने कोहलपुर नगरपालिका र राप्ती सोनारी गाउँपालिकामा मत परिणाम सार्वजनिक भइसकेको छैन ।

नेपालगन्ज उपमहानगरपालिका र बैजनाथ गाउँपालिकामा मतदान प्रक्रियाबाट निर्वाचित गरिएको हो, भने नरैनापुर, डुडुवा, जानकी र खजुरा गाउँपालिकामा निर्विरोध नेतृत्व चयन गरिएको हो । चार वटा पालिकामा सभापति बाहेक दुबै पक्षबाट समावेशी पदाधिकारी र सदस्य आएका छन। नेपालगन्ज उपमहानगरमा सभापति सहित संस्थापन पक्षको पुरै प्यानल निर्वाचित भएको छ । संस्थापन पक्षका प्रशान्त विष्ट तेस्रो कार्यकालका लागि निर्वाचित भएका हुन।

बैजनाथ गाउँपालिका सभापतिमा पनि संस्थापन पक्षकै देवबहादुर खत्री (केसी) निर्वाचित भएका छन । खजुरा गाउँपालिकामा सभापति रमेश सिजालीसहित संस्थापन पक्षले वर्चश्व जमाएको छ । जानकी गाउँपालिकाको सभापतिमा दयाराम यादव (अहिर)सहित अधिकांश पदमा संस्थापन पक्षका निर्वाचित भएका छन।

डुडुवा गाउँपालिका सभापतिमा विजयकुमार यादवसहित अधिकांश पदमा संस्थापन इतर पक्ष निर्विरोध चयन भएको छ । नरैनापुर गाउँपालिका सभापतिमा संस्थापन इतर पक्षका मेराज अहमद खाँ र पदाधिकारीको केही पदमा संस्थापन पक्षका निर्विरोध भएका छन।

प्रतिक्रिया
सम्बन्धित समाचार
© 2021 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend