१६ जेष्ठ २०८०, मंगलबार

आचार्य बालकृष्णसहित बाबा रामदेव काठमाडौंमा

लेखाजोखा न्यूज

३ मंसिर २०७८, शुक्रबार ७:२३

काठमाडौं । पतन्जली योग पिठ हरिद्वारका प्रमुख बाबा रामदेव काठमाडौं आइपुगेका छन् । उनी आफ्ना सहकर्मी आचार्य बालकृष्णसहित काठमाडौं आइपुगेका हुन् ।

रामदेव नेपालस्थित पतञ्‍जलि योगपीठले आगामी मंगलबार काठमाडौंमा आयोजना गर्ने कार्यक्रममा सहभागी हुन काठमाडौं आएका हुन् । उनी पतञ्‍जलि योगपीठले ल्याउन लागेका दुईवटा टेलिभिजन च्यानल आस्था नेपाल र पतञ्‍जलि नेपालको उद्घाटनमा सहभागी हुन आएका हुन् ।

भारतीय यातायातमन्त्री नीतिन गडकरी पनि आज नै काठमाडौं आइपुग्‍ने कार्यक्रम छ । दुवैवटा च्यानलको उद्घाटन प्रधानमन्त्री देउवाले गर्ने कार्यक्रम रहेको छ ।

हरेक नेपालीलाई योगसहित आयुर्वेद शिक्षाको ज्ञान संचार गर्दै नेपालको सामाजिक सांस्कृतिक, आध्यात्मिक, धार्मिक सहिष्णुतालाई दिगो र प्रगाढ बनाउन टिभी सञ्चालन गर्न लागेको पतञ्जली योगपीठ नेपालले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2023 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend