१७ मंसिर २०७८, शुक्रबार

नेपालगन्जकी उपमेयर थापा नगर सभापतिमा पराजित

लेखाजोखा न्यूज

२ मंसिर २०७८, बिहिबार १०:३७

नेपालगन्ज । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत नेपालगन्जमा आज भएको नगर अधिवेशनमा नेपालगन्ज उप महानगरपालिकाकी उपमेयर उमा थापा मगर नराम्ररी पराजित भएकी छिन।

नेपाली कांग्रेसको संस्थापन ईतर पक्षबाट नगर सभापतिको उम्मेदवार बनेकी थापा मगर संस्थापन पक्षका उम्मेदवार प्रशान्त बिष्टसँग पराजित भएकी हुन । थापा मगरलाई बिष्टले १७३ मत अन्तरले हराएका हुन ।

नेपालगन्ज नगर सभापतिमा तेस्रो कार्यकालका लागि निर्वाचित भएका बिष्टले २४३ मत पाएर विजयी हुँदा थापा मगरले ७० मत प्राप्त गरेर पराजित भएकी हुन ।संस्थापन पक्षबाटै अर्का उम्मेदवार बनेका बिनोद रिजालले भने ४१ मत पाएका छन ।

नेपालगन्ज नगर अधिबेशनअन्तर्गत सबै पदाधिकारीमा प्रशान्त बिष्टको प्यानल विजयी भएको छ । बिष्ट प्यानलबाट उपसभापतिमा धनराज बर्मा र मो.कमाल अन्सारी विजयी भएका छन भने सचिवमा सुरेन्द्र कुमार श्रेष्ठ र हरिबाबु घिमिरे निर्वाचित भएका छन ।

सहसचिवमा बिष्ट प्यानलबाट मार्टिन वली क्षेत्री र शरदराज अधिकारी विजयी भएका छन । नयाँ नेतृत्व छान्न आज भएको मतदानमा ३८२ मध्ये ३७७ मत खसेको थियो ।

 

 

प्रतिक्रिया
सम्बन्धित समाचार
© 2021 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend