१७ मंसिर २०७८, शुक्रबार

एमालेको गन्तव्य समाजवाद कि नवउदारवाद, महाधिवेशनले गर्ला छिनोफानो ?

आरसी लामिछाने

२९ कार्तिक २०७८, सोमबार १:२९

डा. राम चन्द्र लामछाने (प्रमुख कार्यकारी अधिकृत, इस्टर्न रिसर्च ईन्स्टिच्युट अफ पोजिटिभ साइन्स)

आज भन्दा करिव १७५ वर्ष पहिला कार्लमाक्र्स र फेडरिक एंग्लेसले कम्युनिष्ट घोषणा पत्र तयार गर्दा त्यतिखेर अभिाज्यवर्गले सर्वाहरा वर्गलाई गरेको शोषण र शोषणको जालोको भएको विकास क्रमलाई भंग गरी सर्वाहरा वर्गको मुक्ति र सर्वाहराको नेतृत्वको परिकल्पना गर्नु भएको थियो । वहाँहरुले गरेको परिकल्पना अनुसार संसार भरी कम्युनिष्ट पार्टीहरु विकास भए र सोभियत संघ, चिन जस्त ठुला ठुला देशहरुको शासन सक्ता कम्युनिष्ट पार्टीहरुले सञ्चालन गर्न सफल भए । चिन, क्युवा लगायतका देशहरुमा अहिले पनि सफलतापुर्वक शासन सञ्चालन गरिरहेका छन भने नेपाल, भारत तथा दक्षिण अमेरीकी अधिकाँश देश र दक्षिण अफ्रिकामा पनि कम्युनिष्ट पार्टीहरु निर्णायक शक्तिको रुपमा स्थापीत छन । कम्युनिष्ट पार्टीको महानताको पछाडीको सैद्धािन्तक कारण भनेको आर्थिक विकासको मेरुदण्डको रुपमा रहेका उत्पादन तथा वितरणका साधनहरुको स्वामित्वको समान वितरण र समानतामा आधारीत सामाजिक मुल्य र मान्यता एवम्  समाजिक न्याय सहितको समाजिक प्रणाली हो । समाज विकास क्रममा समाज वर्गिय संरचनामा विभक्त भएको हुन्छ र वर्ग अनुसार नै आर्थिक, सामाजिक, साँस्कृति तथा राजनितिक शक्ति वितरण भएको हुन्छ ।

दुनियाँको सामाजिक संरचनाले के प्रमाणित गरेको छ भने शक्तिशाली ले निर्धाहरुलाइ शोषण गरेर कष्ठकर जीवन जिउन वाध्य पारीरहेका हुन्छन । यीनै वलिया वांगाहरुसँग राज्य र समाजको सम्पुर्ण शक्ति र श्रोत तथा साधान माथि नियन्त्रण रहेको हुन्छ । देखाउन लोकतन्त्र भए पनि राज्य सत्ता यही वर्गको नियन्त्रण हुने हुदा आफु अनुकुल नियम कानुन वनाएर देख्दा बैधानिक हुने गरी यो वर्गले देश र समाजका श्रोत तथा साधनहरुमा एकाधिकार जमाएको हुन्छ । यो वर्ग सानो भए पनि एकदम संगठीत र आफनो वर्गिय स्वार्थ प्रति सचेत रहन्छ । सर्वाहरा वर्गले  सासाना अधिकार वा जीवन निर्वाहको लागि आवाज उठाउदा पनि कहिले कानुनी कहिले सामाजिक कहिले साँगठानीक तुरुपहरु चालेर सर्वाहरा वर्गलाइ अपमान र अन्यायपुर्ण  पुर्वक दमन गर्दछ । सासक वर्ग विभिन्न तवरले संगठीत हुन्छ र आफनो स्वार्थ अनुसार नै सर्वाहरा वर्गको शोषण गरिरहेको हुन्छ । सर्वाहरा वर्ग भन्नाले केही नभएको वर्ग मात्र नभई साशकीय रुपमा वहिष्कृत, सेवा र सुविधको हिसावले उपेक्षित, राज्य र राज्य सक्ताको सेवा सुविधावाट वञ्चित वर्ग हो ।

नेपालको सन्दर्भमा रणाकालिन अन्याय अत्याचार र सिमित सुचना र श्रोतका बाबजुद कमरेड पुष्पलालको नेतृत्वमा शोषण रहित समाजको निर्माण गर्ने उद्धेश्यका साथ कम्युनिष्ट पार्टीको स्थापना भएको थियो । पुष्पलाल र वहाँका सहयोद्धाहअरुले स्थापना गर्नु भएको  कम्युनिष्ट पार्टीको  मुख्य हतियार भनेको नै विचार थियो । यो विचार यति शक्तिशाली प्रमाणीत भयो की स्थापनाको करिव ४५ वर्ष पछि नेपालमा पहिलो पटक कम्युनिष्ट पार्टीको नेतृत्वमा सरकार वनेको थियो । त्यस ४५ वर्षको अवधिमा कम्युनिष्ट पार्टीमा धेरै पटक विभाजन र एकता का श्रृखलाहरु चले । मुख्यतः ती विभाजनहरु कम्युनिष्ट चरित्रहरुलाइ कसरी व्यवहारमा लागु गर्न सकिन्छ भन्ने मान्यतामा आधारीत थिए । चिनिया कम्युनिष्ट पार्टीले विकास गरेको सिद्धान्तलाई व्यवहारमा लागु गरौ भन्ने मान्यतामा आधारीत थिए र जवसम्म सिद्धान्त गतिशिल र उपयोगी हुँदैन तव सम्म कम्युनिष्ट पार्टीले परिवर्तनको नेतृत्व गर्न सक्दैन भन्ने मान्यतामा आधारीत थिए । त्यतिवेला कम्युनिष्ट पार्टीहरु विश्वविद्यालय जस्ता थिए र कम्युनिष्ट पार्टीका सदस्यहरु अनुशासित र मिहिनेती विद्यार्थीहरु जस्ता थिए ।

कम्युनिष्ट पार्टीको सदस्य वन्न उसको ज्ञान मात्रै प्रयाप्त हुदैनथ्यो उसको जीवन पद्धती, खान पान, रहन सहन र साथी संगत, सामाजिक तथा व्यवसायिक आवद्धता समेत मुल्याँकनको दायरा वन्दथ्यो र यी सबै कुरामा उ उत्कृष्ट हुनै पर्दथ्यो । व्यक्ति कम्युनिष्ट पार्टीको अधिनस्थ हुन्थ्यो र पार्टीको सदस्य र परिवारका सामाजिक कार्यहरुमा समेत पार्टीको आचार संहिता लागु हुन्थ्यो । त्यस्तो फलामे अनुसानको वीचवाट हुर्केको पार्टीका कार्यकर्ताहरु पार्टी र नेतृत्व प्रति गौरव गर्दथे । पार्टीको काममा पुरै परिवारलाई होम्थे । समाजमा कसैले अनुचित व्यवहार गर्यो  र अनुचित आर्जन गर्यो भने त्यो कम्युनिष्ट पार्टीको तारो वन्थ्यो र समाजमा उसलाई मुख देखाएर हिड्न पनि आछ्यु आछ्यु हुन्थ्यो । त्यतिखेरका कम्युनिष्ट पार्टीहरु प्रति अन्याय र अत्याचारमा परेका विपक्षीहरुको समेत भरोसा हुन्थ्यो । कम्युनिष्टहरुले सामाजिक न्याय, समानता र परिश्रमको सम्मानको पर्यायको रुपमा पहिचान वनाएका थिए । आफुलाई कम्युनिष्ट भन्दा गौरव वोध हुन्थ्यो । लामो लोकतान्त्रिक इतिहास भएका काँग्रेसका नेता तथा कार्यकर्ता सामु कम्युनिष्ठहरु सगौरव आफुलाई आर्थिक विकास र सामाजिक न्यायका पक्षपातीको रुपमा सगौरव प्रस्तुत गर्न सक्दथे । विशेषत कम्युनिष्ट मुलधारको रुपमा रहेको नेकपा एमालेको महाधिवेशनमा हुने विचारको वहसले सिंगो देशलाइ तरगिंत गर्दथ्यो । कम्युनिष्ट पार्टीका नेताहरुलाई बौद्धिक नेताको रुपमा स्थापित गर्दथ्यो ।

वडा स्तरका कार्यकर्ता समेत कम्युनिष्ट विचार विभिन्न पक्षहरुमा वहस गर्दथे र सैद्धान्तिक रुपमा आफुलाइ खरो उतार्दथे । त्यही वैभवशाली प्रभावका कारण विभिन्न गुट उपगुट, सिमित श्रोत र साधन, छोटो लोकतान्त्रिक अभ्यासका बाबजुद २०५१ सालमा सबै भन्दा ठुलो पार्टीको रुपमा स्थापित भयो केही क्रान्तिकारी कामहरु समेत गर्न सक्यो । तर तत् पश्चात भएका सत्ताखेलले नेकपा एमाले घोसित नीति तथा कार्यक्रमवाट वहिर्गमन भयो र नवउदारवादी पार्टीकै रुपमा विकसित भयो । निकै सक्कली कम्युनिष्ट हौ भन्दै माआवादीहरु शान्ती प्रकृयामा आएपछि केही समय सम्म माओवादीका नेता कार्यकर्ताहरुले रुप, सार जस्ता कुराहरुले समाजलाइ निकै अलमलाए र सत्तामा पनि पुगे तर सैद्धान्तिक रुपमा नै खोक्रो कम्युनिष्ट पार्टी सत्ता पुगेपछि पनुः गिरीजाकालीन काँग्रेसले तयार गरेको आर्थिक संरचनामै आफुलाई समाहित गर्यो र त्यत्रो त्याग र वलिदान पश्चात प्राप्त शक्तिलाई पुँजीवादीहरुको पाउँमा नै विलिन गरायो । माओवादीको चरम असफलता र एमालेको अस्पष्टताका बाबजुद जनस्तरमा कम्युनिष्ट आकर्षणमा कुनै गिरावट आएको छैन ।

स्वयम् कम्युनिष्ट पार्टीका शिर्ष नेताहरुलाई आफु र आफनो पार्टी के कति कारणले काँग्रेस र अन्य पार्टी भन्दा फरक छ भन्ने थाहा नभएको र फरक हौ भनेर प्रमाणित गर्न सक्ने अवस्थामा नभए पनि आम कार्यकर्ता जनताको स्तरमा कम्युनिष्ट पार्टीले केही गर्छ भन्ने सोच बाँकी नै छ । देशमा कम्युनिष्ट जनमत निरन्तर वढ्दो अवस्था छ । यस्तो अवस्थामा नेपाली कम्युनिष्ट पार्टीहरुले आफुलाई सैद्धान्तिक रुपमा खारेर समाजवादको नेतृत्व गर्न सक्षम छौ भन्ने प्रमाणित गर्न पर्दछ । अहिले नेकपा एमालेको १०औ महाधिवेशनको अवसर छ र आगामी ५ वर्षको  नीति तथा कार्यदिशा तय गर्ने अवसर छ ।  विगतमा जस्तो भए पनि आगामी कार्यदिशा समाजवाद हो र  विगतका सिकाईलाई मध्यनजर गर्दै अव सम्पुर्ण पार्टी श्रमजीवि वर्गलाई केन्द्रमा राखेर वडा देखी केन्द्र सम्म समाजवादमा होमिन्छ र पार्टीका नेता र कार्यकर्ताहरुको सामाजिक तथा आर्थिक जिवन पारदर्शी वनाएर नेपाली विशेषता सहितको समाजवादको विकास गर्न लालयीत छौ भन्ने विश्वास दिलाउन सके पुन देशको नेतृत्व गर्न सक्दछ । समाजवाद र जनताको वहुदलिय जनवाद केवल पार्टीको साख वचाउने अवधारणा मात्रै होइन यो नेपाली जनताको मुक्तिको कार्यक्रम हो भन्ने प्रमाणित गर्न यो महाधिवेशन महत्पुर्ण पर्व हुन सक्दछ ।

महाधिवेशनको यो पुर्व सन्ध्यामा पार्टीको आगामी राजनीतिक कार्यदिशा के हो, समाजवादको मोडल कस्तो हुने भन्ने वारेमा कहि कतै वहस नुहुनुले महाधिवेशन केवल भिडभाड र राजनीतिक रिट्रट मात्रै हो भन्ने प्रतित भईरहेको छ । यतिवेला नेकपा एमालेका १० औ महाधिवेशनका हजारौ प्रतिनिधीहरुलाई देशभरीका नागरीकका प्रश्नहरु छन र महाधिवेशन प्रतिनिधिरुले व्यक्त वा अव्यक्त रुपमा ति प्रश्नहरुलाई सम्वोधन गर्नै पर्दछ । नागरीकले सोध्न चाहका छन के को आधारमा तपाइहरु आगामी ५ वर्षको लागि नयाँ नेतृत्व छान्दै हुनुहुन्छ ? के आधारमा नेकपा एमाले अरुपार्टी भन्दा फरक छ ? के हो तपाइहरुको पार्टीको समृद्धीको आधार ? यो सामन्तवादी समाजको समुल नष्ट गरेर सामाजिक न्याय र उत्पत्तिमा गर्व गर्ने समाज रुपान्तरणको मोडल के हो ? नेकपा एमालेको नेता हुन आवश्यक ज्ञान, दर्शन, सिद्धान्त, आचरण र व्यवहारको मापदण्ड के हो ?  स्मरण रहोस एमालेले कहि कतै यी र यस्ता प्रश्नहरुको जवाफ दिएको छैन । प्रतिनिधी कमरेडहरु महाधिवेशनमा स्पष्ट छलफल होस र एमाले नवउदारवादी हो की समाजवादी हो कित्ता स्पष्ट होस । एमाले नवउदारवादी वा समाजवादी जे भए पनि हुन्छ तर लक्ष्य समाजवादको राखेर व्यवहार नवउदारवादको नगरोस । कम्युनिष्ट नाम भएकाहरु पनि नवउदारवादी हुन मिल्छ, दुनियाँमा धेरै उदाहरण छन त्यसकारण  यदि एमालेको पनि नवउदावाद नै लक्ष्य हो भने पनि घोषणा गरेर जाओस । स्मरण रहोस समाजवादमा अटल आस्था भएका र कम्युनिष्ट नेतृत्वको समाजवाद चाहने हामी जस्ता नागरीकलाइ समाजवादी पार्टीको नवउदारवादी व्यवहार एकदम पिडादायी हुदो रहेछ त्यसकारण एमालेले आफना शुभचिन्तक र कार्यकर्तालाई यो स्तरको पिडावाट मुक्त गरोस ।

केही समय पहिला संघिय संसदमा कास्किा साँसद माननीय खगराज अधिकारीले नेपाली समाजवादको विशेषता सहितको आर्थिक तथा समाजिक विकासको मोडलको वारेमा कुरा उठाउदै नवउदारवादले गाजेको नेपाललाई समाजवादी वाटोवाट देशको सामाजिक तथा आर्थिक विकास गर्नु पर्दछ भन्दै समाजवादको मोडल प्रस्तुत गर्दा अव एमालेको गाउँ कमटी देखी केन्द्रिय कमीटि र महाधिवेशन सम्म नेपाली समाजको विशेषतामा आधारीत समाजवादको वहस हुन्छ र पार्टीले त्यही अनुसार नीति तथा कार्यक्रमहरु निर्धारण गर्दछ भन्ने लागेको थियो । समाजवादको आधारशीला तयार गर्ने गरी नै पार्टी सरकारमा भएको वेलामा ऐन नियम कानुनहरु तयारी गरी लागु गर्दछ भन्ने लागेको थियो तर त्यस्तो हुन सकेन न त कार्यकर्ता स्तरवाट समाजवादको वारेमा व्यापक वहस नै भयो । कारण जे सुकै होस नेपालका कम्युनिष्टहरु समाजवादी हुन की होइनन भन्ने ठुलो आशंका छ । संघिय सरकार देखी स्थानीय सरकार सम्म नवउदारवाद हावी छ ।

सबै महाधिवेशन प्रतिनिधीहरुलाइ स्मरण होस यो महाधिवेशनले नेपाली समाजवादको खाका कोर्न सकेन भने एक वा दुइ निर्वाचन पछि यो पार्टी प्रजापरिषदको अर्को अवतार हुने छ । दम्भ नगर्नुहोला प्रतिनिधिज्युहरु हर नेपाली परिवार अहिले चरम समस्यामा छन र नेपाल र नेपालीको मुक्तिको लागि यो पार्टीका नीति तथा कार्यक्रम लहडमा होइन निश्चित दर्शन, सिद्धान्त, तथ्य, तथ्याँक र नेपाली नागरीकको चाहनामा आधारीत हुन पर्दछ । यो मंसिरका तीन दिन नेपाल र नेपाली नागरीकहरुको मुक्तिको मार्ग  निर्माण गर्ने दिनको रुपमा स्थापित गर्न आफनो स्वाभिमान, बौद्धिकता, देशको इतिहास र आगामी पुस्ताहरुको भविष्यलाइ ध्यानमा राखेर बहस गर्नुहोस र नेपाली विशेषताको समाजवादको विकास गर्नुहोस । स्मरण रहोस महाधिवेशन केवल कर्मकाण्डी मात्रै नहोस र नयाँ विचार सिद्धान्त प्रतिपादन गर्ने थलो वनोस ।

 

एमालेजनहरुलाइ एमाले स्वम उनिहरुको मात्रै पार्टी हो भन्ने लाग्ला तर यो देशका हरेक नागरीक र ढुंगामाटोको कण कणसँग यहाँका राजनीतिक पार्टी त्यसमा देशको ठुलो पार्टी एमालेले सरोकारको विषय वन्दछ । यस पार्टीको सही नीति र कार्यक्रमले यो देशको भविष्य निर्धारण गर्दछ । त्यसकारण हरेक प्रतिनिधीहरुले के कुरा वुझन पर्दछ भने दृष्टिकोण, सोच, नीति तथा कार्यक्रम विहीन नेतृत्व भनेको अवसानको मार्ग हो । राजनीतिक नेतृत्व सँगसगै, साँगठानीक र नीति तथा कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्व्यन गर्न सक्ने पारदर्शी, सैद्धान्तिक र व्यवहारीक नेतृत्व छनौट नै नेकपा एमालेको गतिशिलताको आधार हो । महाधिवेशन सफलताको शुभकामना ।

प्रतिक्रिया
सम्बन्धित समाचार
© 2021 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend