ज्ञानमणी भुर्तेल
” मुमा हाम्रोमा पनि सराद गरौं न हौ ” !! बच्चा बेलामा छिमेकमा श्राद्धमा बोलाएर ” गाई भएको पैसा ” पाउँदा फुरुक्क परेकी बैनिको आमा सगको बालसुलभ आग्रह !! सबैका घरमा श्राद्ध गरेर बोलाउदा आफ्नो घरमा पनि बोलाएर रमझम गरौं भन्ने बैनिको बाल चाहना स्वभाविक थियो ! हजुरबुबा हजुरआमा हुँदाहुँदै श्राद्ध गर्न नमिल्ने भएकोले एउटा सानो पुजा लाएर छिमेकी बोलाएर आमाले बैनिको रहर पूरा गर्दिनु भएको थियो !!
नगर अधिवेशन सकियो ! भद्रपुर काङ्ग्रेसले पद हस्तान्तरणको विधि पूरा गर्ने जमर्को गरेन ! भद्रपुर आफैंमा स्वघोषित बौद्धिकताले बिभुषित पात्रहरुको मुठ्ठीमा कसिएकोले हुनसक्छ सिकारु बौद्धिक मेची नगरले उछिन्यो हामीलाई ! निम्तो स्विकार्दै उतै लागियो !
कार्यक्रममा बिजेता उप – बिजेताले आपसमा अबिर दले ! माला साटासाट गरेर अंकमाल गरे ! पुरानाले पद सुम्पे नयाँले ग्रहण गरे ! चुनावी तिक्तता बिर्सेर सांगठनिक एकताको उद्घघोष गर्दै काङ्ग्रेस मजबुतिको प्रण गरे ! छेउमै रहनु भएका छविलाल खतिवडा सग फुस्फुसाएँ म – आह ! कस्तो रमाइलो दाजु ! हाम्रो भद्रपुरले त यस्तो गर्न जानेकै छैन ! अहिलेसम्म कुनै अत्तोपत्तो छैन ! राम्रो संस्कार दियो मेची नगरले !
यो हाम्रो जेसिज कल्चर हो ! यसलाई हामी राजनितिमा समेत प्रयोग गर्दैछौं ! उहाँले प्रस्ट्याउनु भो ! खै दाजु ! यहाँ बिजेता उप- बिजेता चुनावी तिक्तता बिर्सिदै अंकमाल गरेर राजनैतिक संस्कार देखाउछन उता हाम्रा चै जित्ने अबिर दलेर हाँस्दै पृथ्वीनगर तिर लाग्छन अनि हार्ने चै दारा किट्दै कन्याम पुगेर दारु खाएर फर्किन्छन !!
मेची नगर पछि भद्रपुर ९ र १० ले पनि कार्यक्रम राख्यो ! नगरको नाता भद्रपुर सग जोडिएता पनि क्षेत्रीय नाता १ नम्बर सग जोडिएकोले होला ती दुई वार्ड अलि संस्कारि छन भद्रपुर भन्दा !! उनिहरु जेसिज संस्कार लाई राजनीतिमा ढाल्दैछन ! हामी चै राजनैतिक डकारको पिठो मुछ्दै निषेधको रोटि सेक्न ब्यस्त छौँ !
मैले मेरो नगर सभापति सग आग्रह गरें – भाई ! भद्रपुरले अरुलाई सिकाउनु पर्नेमा अरुले हामीलाई सिकाउने दिन आउन थालेजस्तो छ ! हामिले चै यस्तो कार्यक्रम राख्नुपर्दैन ? कहिले गर्ने हो ? कोरोनाको कहर छ दाई ! फेरि केन्द्र बाट पनि भिडभाड नगर्नु भन्ने परिपत्र नै छ ! अलि पछि गर्नुपर्ला कि !!!
ठिकै छ ! बेहुलो नै तयार छैन भने म जस्ता जन्ती मात्र तातेर बिहे हुन्न भन्ने सोचेर चुप लागें ! वार्ड सभापति लाई कुरो राखें – उहीँ कोरोना त्रास ! भिडभाड नगर्नु भन्ने उर्दि !! अचम्म त्यस बेला लाग्यो जब कुनै मन्त्रीका स्वागतका लागि पार्टी अफिसमा भेलाको निम्तो आयो ! मन्त्रीको स्वागतमा हुल जम्मा भयो ! निर्वाचन पछि पद हस्तान्तरण जस्तो अनिवार्य बिधिलाई चै कोरोनाले रोक्ने तर गोदामका बोरा झैं खात माथी खात लागेर मन्त्री सग सेल्फी खिच्न चै कोरोनाले नरोक्ने ! मानौँ मन्त्री , मन्त्री नभएर कोरोनाको अचुक भ्याक्सिन हुन !!! काम कुरो एकातिर छोडेर कुम्लो बोकेर ठिमी तिर दौडिन ब्यस्त भयौं हामी !
सोच्न बाध्य बनायो –
संगैमा सिमाना जोडिएको मेची नगरमा छविलाल खतिवडाहरुको अगुवाइमा सुरु भएको जेसिज कल्चरलाई हिजो अस्तिको फुच्चे बिरुवाले काङ्ग्रेस भित्र बिकसित गर्दैछ ! जेसिज बाट भित्रीएको त्यो भाईचाराको संस्कारको उपयोग बाट पार्टी संगठित भएर लंका दहन गर्ने हनुमान सेना उत्पादन गर्दैछ !
यता हामी स्वघोशषित बौद्धिक भद्रपुरे हरु छविलाल खतिवडाहरु भन्दा निकै अघि जेसिज राष्ट्रीय अध्यक्षको रूपमा पाएका उत्तर चापागाईं अनि एरिया कोअर्डिनेटर को रूपमा स्थापित भक्त खवास र राष्ट्रीय महासचिवको रूपमा प्राप्त भरत प्रसाईं लाई ओझेलमा राख्न ब्यस्त छौँ ! उनीहरुको जेसिज कल्चर पछ्याउन ईच्छुक छैनौं ! उनिहरुलाई निषेध गर्नमै आनन्दीत छौं !!
गुटको आरोप नलागोस ! तर सत्य हो कि –
एकातिर सिमाना जोडिएको क्षेत्रमा हिजोअस्तिको कलिलो बिरुवाको नेतृत्वमा राजनैतिक संस्कार अगाल्दै काङ्ग्रेस हनुमान उत्पादन द्वारा लंका विजयको तयारी हुँदैछ भने हामी भद्रपुरे चै निकै अघि नै ” महामन्त्री , गृहमन्त्री , उप – प्रधानमन्त्री , संविधान निर्माता , शान्तिका अग्रदुत ” आदि ईत्यादी बिभुषण बाट बिभुषित अजङ्गको सिङ्गै बनिबनाउ रुख भेट्दा समेत त्यै रुखको हाँगा हल्लाएर हनुमान भएको आत्मरतिमा रमाउने बाँदर साबित हुँदैछौं ! आफुले आफैंलाई बौद्धिकताको पगरी गुथाउने हामी संस्कारको नाममा बेथितिको डकार ओकल्नमै ब्यस्त छौं !!!
समग्रमा –
काङ्ग्रेसको श्राद्ध नै पर्खने हो भने त केही भन्नुछैन ! हैन भने – एउटा सानोतिनो रुद्री पुजा नै लाएर भएपनी काङ्ग्रेसि बच्चा बच्चिको ईच्छा पूरा गर्दिने हो कि ?
मलाई त गाई भएको पैसा पनि चाहिन्न ! पुजा गरेर बैधानिकता दिए मात्रै पनि पुग्ने थियोे !! कि कसो नव निर्वाचित नगर सभापति ज्यु ?????