१७ मंसिर २०७८, शुक्रबार

पहाड र प्रेम : ३१

लेखाजोखा न्यूज

२७ कार्तिक २०७८, शनिबार १२:५५
डा. दामोदर पुडासैनी ’किशोर“

मन पराउँदैमा
कहाँ मुख खोलिहाल्न सक्छन् र सबैले
युगौँयुगदेखि
मेरो सामु आउँदै
मुस्कुराउँदै र जाँदै गर्ने
क्रम छोडेका छैनन्
घाम र जूनले
घाम आउँदा
तिमी पनि सँगै आउनुपर्ने थियो गोरेटो खन्दै
तिमीले भेट्ने थियौँ
यतातिरका जूनजस्तै कलिला मनहरू
जून आउँदा
तिमी पनि सँगै आउनुपर्ने थियो देउडा गाउँदै
तिमीले भेट्ने थियौ
यतातिरका घामजस्तै निडर र साहसीहरू
पाटनमा
र, खर्कमा
तिमी नै नउभिएपछि
कसरी लेखिन्छ र यहाँ
घाम र जूनका प्रेमका कथाहरू
टाढा बसेर लेखेको लामो प्रेमपत्रभन्दा
तिमीले मलाई
सुमसुम्याएको केवल एक क्षण
शक्तिशाली ऊर्जा बनिरहेछ
तिम्रो मीठो सम्झना
एक पसर सातु बनिरहेछ यतिखेर
उकालो चढ्नका लागि ।

कालिञ्चोक चुचुरा, दोलखा
२०६७ माघ ४

प्रतिक्रिया
सम्बन्धित समाचार
© 2021 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend