१७ मंसिर २०७८, शुक्रबार

चोकमा ….. (कविता)

लेखाजोखा न्यूज

२२ कार्तिक २०७८, सोमबार ३:३०

थरी थरी मात्र होईन
नानाथरी चर्चा हुन्छन चोकमा
चर्चा मात्र हुने ठाउँ रैछ चोक
जहाँ राजनीति अराजनीति
जहाँ समाज देश बिदेश अनि विश्वको
चर्चा हुन्छ
कुरा काटी काटी आलोचना गरि गरि
भए नभएका
घर घरका ब्यक्ति ब्यक्ति का
यसै गरि थरी थरी चर्चा हुन्छन
आवस्यक अनावश्यक
चर्चा हुन्छन चोकमा
अन्तरंङ्ग र बहिरंगका
चोक नभनिकन
चर्चास्थल भन्नु पर्ने हो
बिरोध र खुशियाली यहि देखाइन्छ
कोण सभामा
निबस्त्र नाङ्गो छ चोक
देशको सिमा मिचिदा चिन्ता छैन
स्वतन्त्रता माथी धावा बोल्दा चासो छैन
चाहे जन्ती जावस चाहे मलामी
निश्चिन्त आफ्नै पनमा मस्त छ
कयौ भोकाहरु भिख माग्दैछन
बेसाहाराहरु छट्पटीदैछन
खुलेआम अस्मिता लुटिदैछ
अस्मिता ,निर्मला ,भागिरथीको
बलात्कार पछि निर्मम निर्मम हत्या हुदा पनि
थरीथरीका चर्चामा रहन्छ चोक
नराम्रो मात्र चर्चा हुन्छ भन्ने होइन
राम्रै कुरा हुन्छन भन्ने पनि होइन
चोकका सबै कुरा हुन्छ्न
चर्चा नै गर्न चोक बनेको हो वा
चोक भएर नै चर्चा शुरु भएको हो
चोकको चर्चा ले नै श्रीराम ले सीता त्यागे
चोकको चर्चाले महाभारत बन्यो
श्रुति, स्मृति ,लौकिक जगतको
संगम स्थलहो चोक
थाम हालेर चोक खाम हालेर घर
चोकमा स्तम्भ हुन्छ,शालिक हुन्छ
आइल्याण्ड तथा वरपिपल हुन्छ
चोकले स्थान बताउछ,बाटो देखाउछ
सहर छ त चोक छ,चोक छ त सहर छ
चोकका बिषयमा धेरैको सरोकार हुन्छ
धेरैले चोक बारेमा जान्दछ
चोकले कसैलाई चिन्दैन
चोक चोकमा चर्चा हुन्छ
चर्चा मात्र हुने ठाउँ रैछ चोक
र चर्चा हुन्छ

                                                                                                       कैलासकुमार पाण्डेय
                                                                                                        परशुराम-१२ डडेल्धुरा

© 2021 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend