काठमाडौं । देशभर शुक्रबारको मौसममा सामान्य बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम र केही स्थानमा भारती वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मौसमविदका अनुसार प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ । नदी तटीय क्षेत्रमा रहेका बासिन्दाले विशेष सतर्कता अपनाउनसमेत आग्रह गरिएको छ ।
देशभर शुक्रबार बिहान सामान्य बदली रही केही स्थानहरुमा हल्का वर्षा भइरहेको छ।
शुक्रबार राति देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।
हाल नेपालभर मनसुनी वायुको प्रभाव छ । साथै मनसुनी न्युनचापीय रेखा नेपालको तराई भूभागदेखि केही दक्षिण तिर अवस्थित रहेको महाशाखाले जनाएको छ ।