६ चैत्र २०८०, मंगलबार

बाढी पीडितको उद्दार र राहत कार्य अगाडि बढिसक्यो : कानुनमन्त्री बडु

लेखाजोखा न्यूज

२ कार्तिक २०७८, मंगलबार ६:४४

काठमाडौं । कानुन न्याय तथा संघीय मामिला मन्त्री दिलेन्द्र बडुले प्रधानमन्त्रीको निर्देशन अनुसार बाढी पीडितको उद्दार र राहत काम भइरहेको बताएका छन् ।

बाढी, पहिरो र डुवानबाट प्रभावितहरुलाई उद्दार र राहतको कार्यका लागि प्रधानमन्त्रीको निर्देशन बमोजिम आवश्यक कार्य अगाडि बढाइसकेको उनले बताए ।

प्रधानमन्त्री शेरबहादुर देउवाले बाढी, पहिरो र डुबान प्रभावितलाई तत्काल उद्धार र राहतको व्यवस्था गर्न गृहमन्त्री बालकृष्ण खाणलाई बालुवाटार बोलाएर निर्देशन दिएका थिए । बेमौसमी अविरल वर्षाले सुदूरपश्चिम लगायत देश भरिकै जनजीवन प्रभावित भएको छ।

खेतमा पाकेर थन्क्याउने बेला भएको अन्न बालीमा क्षति पुगेको छ । घरहरु डुवानमा परेका छन् भने बाढी पहिरोका कारण सडक, बाटो, घाटो अवरुद्ध भएका छन्।

विपतका यी खबरहरुले अत्यन्तै दुखी बनाएको मन्त्री बडूले बताए ।

विपतको यस घडीमा उद्दार र राहत कार्यमा जुट्न सम्बन्धित सबै निकायहरुलाई उनले अनुरोध समेत गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
© 2024 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend