१७ मंसिर २०७८, शुक्रबार

बाढी प्रभावित क्षेत्र कंचनपुरमा पुगे कांग्रेस नेता एनपी साउद

लेखाजोखा न्यूज

२ कार्तिक २०७८, मंगलबार ४:००

कञ्‍चनपुर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउँद महाकालीको बाढी प्रभावित क्षेत्रमा पुगेका छन्। आइतबारदेखिको लगातार वर्षाका कारण महाकाली नदीमा बाढी आएको छ। महाकाली नदीमा पछिल्लो सात दशकयताकै सबैभन्दा बढी पानीको वहाब आएको छ।

महाकाली नदीमा सोमबार पानीको वहाब पाँच लाख ३१ हजार क्यसेक रहेको जनाइएको छ। बाढीका कारण महाकालीको भुजेला क्षेत्र सबैभन्दा बढी प्रभावित भएको छ। उक्त क्षेत्रमा पुगेर पूर्वमन्त्रीसमेत रहेका नेता साउँदले स्थानीयहरुलाई सुरक्षित ठाउँमा जान आग्रह गरेका छन् ।

त्यसैगरी स्थानीय, प्रदेश र केन्द्र सरकारसँगै प्रशासन र सरोकारवालाहरुलाई तत्काल उद्धार र राहतमा खटिनसमेत आग्रह गरेका छन्। उनले नेपाल समयसँग कुरा गर्दै भने, ुबेमौसमी वर्षाका कारण आएको बाढीले किसानहरुको धानबाली नस्ट गरेको छ। एकतर्फ जीवन कसरी जोगाउने भन्‍ने चिन्ता बढेको छ भने अर्कोतर्फ जीवन जोगाउन सफल भएमा वर्षभरी के खाने भन्‍ने चिन्ता बढेको छ।

तत्काल सरकारले यसको लगत संकलन गर्दै क्षतिपूर्ति दिनुपर्छ। उनले यसका लागि आफूले पहल गर्नेसमेत बताएका छन्। नेता साउँद सिचाईंमन्त्री भएको समयमा भुजेलाको बस्ती जोगाउनका लागि बनाइएको पाँच किलोमिटरको तटबन्धको पनि उनले निरीक्षण गरेका छन् । आफ्नो पुर्ख्यौंली घर डडेल्धुरा पुगेका नेता साउँद बाढी आएको थाहा पाउनेबित्तिकै कञ्‍चनपुर पुगेका थिए। उनले स्थानीयहरुलाई सतर्कता अपनाउनसमेत आग्रह गरेका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार
© 2021 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend