१७ मंसिर २०७८, शुक्रबार

बाढी-पहिरो प्रभावितलाई तत्काल उद्धार र राहतको व्यवस्था गरियोस् : नैनसिंह महर

लेखाजोखा न्यूज

२ कार्तिक २०७८, मंगलबार १२:३४

काठमाडौं । नेपाली काँग्रेसका युवा नेता नैनसिंह महरले बाढी, पहिरो र डुबान प्रभावितलाई तत्काल उद्धार र राहतको व्यवस्था गर्न माग गरेको छन् ।

केही दिनयताको अविरल वर्षाका कारण सुदूरपश्चिमलगायत मुलुकका विभिन्न क्षेत्रमा बाढी, पहिरो र डुबानले जनजीवन प्रभावित भएको उनको भनाइ छ ।

गृह प्रदेश सुदूरपश्चिमा रहेका नेता महरले भने, ‘महाकालीमा आएको बाढीका कारण नदीको बीच टापुमा पाँचजना स्थानीय अड्किएका छन् । महाकालीमा अहिले पनि पानीको सतह खतराभन्दा निकै माथि छ । तत्काल उनीहरुको उद्दार गरियोस् ।’

अहिले नदी किनारका दुवैतर्फ करिब २ सय बढी घर डुबानमा समेत परेको उनको भनाइ छ । उनका अनुसार बाढीले चार लेनको महाकाली पुललाई जोड्ने पहुँच मार्गका रूपमा निर्माण भइरहेको ६ लेनको सडकमा पनि क्षति पुर्‍याएको छ ।

नदी आसपासका बस्तीका स्थानीयवासी त्रसित बनेकोे भन्दै सुरक्षित स्थान्तरणका लागि नेता महरको आग्रह छ ।

सुदूरपश्चिम प्रदेशका दार्चुला, बैतडी, डडेलधुरा, डोटी, बझाङ, अछाम र बाजुरामा सञ्चार सम्पर्क विच्छेद भएको भन्दै तत्काल सञ्चार सेवा सुचारुका लागि पहल गर्न उनको माग छ ।

यस्तै नेता महरले गृह जिल्ला डडेलधुरामा पहिरोले घर पुरिदा एक जनाको मृत्यु र दुई जना घाइते भएकोप्रति दुःख व्यक्त गरेका छन् । उनले मुतकका परिवारलाई क्षतिपुर्ति र घाइतेको नि:शुल्क उपचारका लागि सम्बन्धित निकायसँग माग गरे ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
© 2021 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend