६ जेष्ठ २०७९, शुक्रबार

रुसी जासुसको निशानामा कोरोनाविरुद्धको खोप !

लेखाजोखा न्यूज

२ साउन २०७७, शुक्रबार ७:४१

मस्को । विश्वभर अहिले कोरोना भाइरसविरुद्धको खोप विकासको काम तीव्ररुपमा भइरहेको छ । तर, रुसी जासुसहरुले कोरोना भाइरसविरुद्धको खोप बनाउने प्रयासमा रहेका अमेरिकी, बेलायती तथा क्यानडिन संस्थाहरुलाई निशाना बनाइरहेको सुरक्षा निकायले चेतावनी दिएका छन् ।

बेलायतको नेशनल साइबर सेक्युरिटी सेन्टर (एनसीएससी) ले ह्याकरहरुले रुसी जासुसको सेवाका लागि काम गरिरहेको र कोरोना भाइरसविरुद्धको खोप बनाउने अभियानका महत्वपूर्ण जनाकारी उनीहरुको निशानामा रहेको बताएको हो ।

एनसिएससीले चेतावनी दिए पनि ती जासुसको निशानामा कुन संस्था रहेको वा अहिलेसम्म कुनै जानकारी चोरी गरिसकेका छन् या छैनन् भन्‍ने खुलाएको छैन । तर खोपको अनुसन्धानमा ह्याकरले रोकावट भने नल्याएको बताइएको छ ।

उक्त आरोप रुसले भने अस्वीकार अस्वीकार गरेको छ र कुनै पनि प्रकारको ह्याक नगरिएको वा त्यसको लागि जासुस परिचालन नगरेको दाबी गरेको छ ।

रुसको राष्ट्रपति कार्यालयका प्रवक्ता दिमित्री पेस्कोभलाई उदृत गर्दै समाचार एजेन्सी तासले भनेको , “हामीला कुन फर्मासिटिकल कम्पनी र अनुसन्धान केन्द्रमा कसले जासुसी गरिरहेको छ । त्यो विषयमा हामीलाई जानकारी छैन । तर, एउटा कुरा के हो भने रुसलाई यस्ता प्रयासहरुसँग कुनै लिनुदिनु छैन ।”

खोपको अनुसन्धान सम्बन्धी जानकारी जासुसको निशानामा रहेको भन्नेसम्बन्धी चेतावनी बेलायतको एनसीएससीसहित क्यानडाको कम्युनिकेशन सेक्युरिटी स्टाबिलिस्मेन्ट (सीएसई), अमेरिकाको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी (डीएचएस) साइबर सेक्युरिटी इन्फ्रास्टक्छर सेक्युरिटी एजेन्सी (सीआईएसए), अमेरिकाको नेशनल सेक्युरिटी एजेन्सी (एनएसए) ले प्रकाशित गरेका छन् ।

तर, एक विज्ञले रुसले अस्वीकार गरे पनि यसमा रुसी संलग्‍नता रहेको दाबी गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2022 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend