१७ मंसिर २०७८, शुक्रबार

नेपाल बङ्गलादेश बैंकद्वारा रु.१ लाख दुर्घटना बीमा भुक्तानी  

लेखाजोखा न्यूज

३१ असोज २०७८, आइतबार ३:२७

काठमाडौं । नेपाल बङ्गलादेश बैंकले बचत खाता खोल्ने ग्राहकहरुको सुरक्षणको लागि गरिएको दुर्घटना बीमा बापतको दावी रकम (१ लाख) ग्राहक स्व. दिनेश श्रेष्ठका बुवा कालिदास श्रेष्ठलाई हस्तान्तरण गरेको छ ।

रु. १ लाखको चेक नेपाल बंगलादेश बैंक, धुन्चे शाखाका प्रमुख रामेश्वर घिमिरेले स्व. श्रेष्ठका बुवा  कालिदास श्रेष्ठलाई हस्तान्तरण गरेका हुन । स्व. श्रेष्ठले नेपाल बंगलादेश बैंक, धुन्चे  शाखामा बचत खाता खोली कारोबार गर्दै आएका थिऐ ।

यस प्रकारको सहयोगले आफ्ना ग्राहकमा आश्रित परिवारलाई राहत पुग्ने विश्वास बैंकले लिएको छ । साथै आगामी दिनहरुमा पनि आफ्ना ग्राहकहरुको हितमा रही बैंकिङ्ग सुविधा प्रदान गर्ने बैंकले जनाएको छ ।

हालसम्म  बैंकले १०० शाखा, १० एक्सटेन्सन काउन्टर, तथा ८१ वटा ए.टि.एमबाट बैंकिङ्ग सुविधा दिंदै आएकोे छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
© 2021 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend