६ जेष्ठ २०७९, शुक्रबार

ट्विटर अकाउन्ट ह्याक सम्बन्धमा एफबीआईले सुरु गर्‍यो अनुसन्धान

लेखाजोखा न्यूज

२ साउन २०७७, शुक्रबार ७:२९

वाशिङ्टन । अमेरिकाका पूर्व राष्ट्रपतिदेखि अर्बपति बिल गेट्‌ससम्मको ट्विटर अकाउन्ट ह्याक भएको विषयमा संघीय अनुसन्धान ब्युरो (एफबीआई) ले अनुसन्धान सुरु गरेको छ ।

बिटक्‍वाइन घोटालाका लागि ह्याकरले अर्बपति तथा प्रतिष्ठित व्यक्तहरुको ट्विटर एकाउन्ट ह्याक गरेकोले यस सम्बन्धमाम अनुसन्धान थालिएको एफबीआईले जनाएको छ ।

स्थानीय समय अनुसार बुधबार राति ह्याकरले अर्बपतिहरु इलन मस्क, जेफ बोजेस, बिल गेट्ससहितको ट्वीटर एकाउन्ट ह्याक गरेका थिए ।

बिटक्‍वाइन घोटालाका लागि ह्याकरले उनीहरुको ट्विटर अकाउन्टमा गलत सन्देश राखेका थिए । ह्याकरले अर्बपतिका ट्विटर अकाउन्ट ह्याक गरी त्यसमा बिटक्वाइनमार्फत डोनेट गर्न अपिल गर्दै ट्विट गरेका थिए ।

पूर्वराष्ट्रपति बाराक ओबामा, आउँदो नोभेम्बरमा हुने राष्ट्रपति चुनावका लागि डेमोक्र्याटिक उम्मेदवार जो बाइडेन तर्था र्‍यापर कान्य वेष्टको आधिकारिक अकाउन्ट पनि ह्याक भएको थियो । माइक ब्लुमबर्ग, किम कार्डासियन तथा युबर र एप्पलसहितका अकाउन्ट पनि ह्याकरको निशानामा आएका थिए ।


© 2022 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend